समाचार
परिवर्तनका लागि गुणस्तरिय शिक्षा आवश्यकता
प्रिन्स बि.क | २०७५ चैत्र २५ गते १८:५९ मा प्रकाशित
मानव अधिकार तथा पत्रकार धनराज विकले परिपर्तनको लागि गुणस्तरिय शिक्षाको आवश्यकता भएको बताएकाछन् । श्री शभ्भु सुनन्दा आधारभुत विद्यालय चैनपुरको बार्षिक नतिजा प्रकाशन कार्यक्रममा प्रमुख अतिथि विकले परिपर्तनको लागि गुणस्तरिय शिक्षाको आवश्यकता भएको बताएकाछन् । शिक्षाको विकास बिना समग्र विकास र परिवर्तन सम्भब हुने नभएकोले राज्यले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए । भविष्यका देश निर्माता बालबालिकाको लागि विद्यालयले सृजनात्मक वातावरण बनाउनु पर्ने उनले बताए । अधिकार खोज्नेले कर्तब्यको पनि पालना गर्नुपर्ने भन्दै विद्यालयको मात्र भर नपरी अभिभावकले पनि आफ्ना बालबालिको शिक्षाको विकासको लागि पारिवारिक र सामाजिक वातावरण सरल र सहज बनाउनु पर्ने उनले बताएकाछन् ।
विद्यालयको बार्षिक नतिजा प्रकाशनमा विद्यालय छात्रा प्रथम दिपा बिक र विद्यालय छात्र पथम तपेन्द्र नेपाली भएकाछन् । त्यसै गरी अनुशासनमा छात्रा पिङ्कु बिक र छात्र दिपेन्द्र खड्का रहेकाछन् । जम्मा दुई सय ५० दिन विद्यालय संचालन भएको र नियमित विद्यालय आउने कक्षा ६ मा अध्यनरत छात्रा संगीता कटेल दुई १५ दिन र तपेन्द्र नेपाली दुई सय १४ दिन नियमित विद्यालय आएकोमा पुरस्कृत भएकाछन् । प्रमुख अतिथि धनराज विक र विद्यालयका प्रधानाध्यापक गौरीलाल खत्रीले उतकृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक खत्रीले बालबालिकाको शिक्षामा अभिभावकले पनि ध्यान दिनुपर्ने बताए । बर्षभरी कोहीपनि अभिभावक बालबालिकाको शिक्षाको अवस्था बारे बुझ्न नआएको बताउँदै आगामी दिनमा अभिभावकको भूमिका सकृय भएमा विद्यालयलाई सहज हुने बताएकाछन् । अभिभावक र स्थानीय सरकारले सहयोग गरेमा माध्यामिक तहको कक्षा संचालन गर्ने उनले बताए ।
शिक्षक विकास तिरुवाले संचालन गरेको कार्यक्रमको सभाध्यक्ष विद्यालयका प्रधानाध्यापक गौरीलाल खत्रीले गरेका थिए ।