समाचार
क्रिश्चियन संस्थाको शिविरमा डाक्टरकाे लापरबाहीले ५ जनाकाे दृष्टि गुम्याे
एजेन्सी | २०७५ चैत्र २६ गते १३:४१ मा प्रकाशित
सिरहा । क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ। शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको थियो। तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ, बुझिँदैन।
फाल्गुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया भएको थियो। तीमध्ये अधिकांशमा महिना नबित्दै आँखामा गम्भीर समस्या देखिएको थियो। कर्जन्हा नगरपालिका ८ थल्हा र आसपासमा सोमबार अन्नपूर्ण पोस्ट् पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो। अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन।
ज्योति गुमाउनेमा थल्हाका कलम हुसैन, रामझरी पासमान, देवलाल राउत, गौतारीका गोलियादेवी पासमान र विन्देश्वरी पासवान छन्। उनीहरूले फाल्गुन १५ गते फुलकुमारी महतो मेमोरियल अस्पतालमा भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया गराएका थिए। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।