कहालीलाग्दो तरिकाले धर्म परिवर्तन -एउटै वडामा सयौ चर्च
एजेन्सी | २०७५ चैत्र २९ गते २१:४२ मा प्रकाशित
६० हजार जनसंख्या भएको बुटवलको ११ नम्बर वडामा १३ हजार भन्दा बढी मतदाता छन् । यस वडामा तिनाउ नदी आसपासको क्षेत्र ओगटेर बसेको सुकुम्बासी जनसंख्या ८० छ ।
नेपालको सबैभन्दा बढी जनसंख्या भएको यस वडाका वडाध्यक्ष रामचन्द्र क्षेत्री हुन् ।
क्षेत्रीका अनुसार, २०५४ सालतिर बुटवलमा एउटा मात्र चर्च थियो–बुटवल ज्योति चर्च । अहिले वडा नम्बर ११ मा मात्रै ३० वटा चर्च छन् । उनी भन्छन, ‘सुकुम्बासी बस्तीमा धर्म परिर्वतन तीब्र रुपमा बढेको देखिन्छ ।’
अध्यक्ष क्षेत्रीले थपे, ‘वडाका झण्डै २५ प्रतिशत जनता क्रिश्चियन धर्म मान्न थालेका छन् । दलित समुुदायका मानिसहरू बढी क्रिश्चियन भएको देखिन्छ ।’ यसले एउटै वडामा १० हजार मानिस केही वर्षको अन्तरालमा इसाई धर्म मान्न थालेको देखिन्छ ।
‘धर्म परिवर्तन तीब्र रुपमा बढेको छ । केही वर्ष अघिसम्म क्रिश्चियन धर्मालम्बीको संख्या नगन्य थियो । तर अहिले यो वडामा संख्या हवात्तै बढेको देखिन्छ,’ क्षेत्रीले भने ।
गएको कात्तिकमा हिन्दूू धर्मलाई गाली गर्दै इसाई धर्म प्रचार गरिरहेका २ जना जापानी महिलासहित ४ जना सुकुम्बासी बस्तीबाटै प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय बुटवल आसपासका क्षेत्रमा क्रिश्चियन हुनेको बढ्दै गएको छ ।
महिमा ज्योति चर्चका अध्यक्ष मनोहर पाठकले क्रिश्चियन धर्ममा कुुनै जातीय विभेद छुुवाछुुत नभई समभाव रहेका यो धर्मप्रति मानिसहरूको आशा बढ्दै गएको बताउँछन् ।
‘सबैभन्दा धेरै जातीय छुुवाछुुत भोग्दै आएकाहरू क्रिश्चियनप्रति आकर्षित देखिन्छन् । अर्को गरीबहरू पैसाको लोभले पनि लाग्छन् भन्ने सुुनिन्छ । तर हामीहरूले कसैलाई पनि हाम्रो धर्ममा लाग भनेका छैनौं । आफैं धर्म परिवर्तन गरिरहेका छन्,’ उनले भने ।
२०६३ सालमा गठन भएको मण्डली चर्चले अहिले वडाको एन्फा टेक्निकल सेन्टर नजिकै आफ्नै भवन बनाएर शनिवार बिहान चर्च गएर बाइबल पढ्ने गर्छन् । जहाँ हरेक शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म भजनकीर्तन, गीत र बाइबलको प्रवचन दिइन्छ ।
बुुटवल क्रिश्चियन सोसाइटीका अध्यक्ष दशरथ श्रेष्ठले धर्म परिर्वतन गर्न पाउने मानिसमा स्वतन्त्रता रहेको बताए । रुपन्देहीमा क्रिश्चियन धर्म मान्ने मासिनको संख्या झण्डै ५० हजारभन्दा बढी पुुगेको हुन सक्ने श्रेष्ठको अनुुमान छ ।
क्रिश्चियन धर्मकी अनुयायी मना पाण्डेले क्रिश्चियन धर्ममा जातभात र छुवाछुत नभएकाले यसप्रति उनीहरूको आकर्षण बढ्दो रहेको बताउँछिन् । ‘पैसाले मात्रै उनीहरू यसमा आकर्षित भएका हुन् भन्नु गलत हो,’ पाण्डे भन्छिन्, ‘क्रिश्चियनले २ वटा जातलाई मात्रै चिन्छ, त्यो हो महिला र पुरुष । हाम्रोमा छुुवाछुुत तथा उचनिचको जात भन्ने छैन, सबै समान, सबै बराबर हो ।’
लोकान्तरबाट