समाचार
सरकार विरुद्ध आन्दोलन गर्न कार्यकर्ता अभाव भएपछि बैद्दे राजेन्द्र महतो समूह गुहार्दै काङ्ग्रेस
एजेन्सी | २०७५ चैत्र ३० गते ०६:३८ मा प्रकाशित
सरकारविरूद्ध आन्दोलन गर्न कार्यकर्ता अभाव भएपछि नेपाली कांग्रेस मोहन वैद्य लगायतको शरणमा पुगेको छ । नेपाल विद्यार्थी संघको एउटा गुटलेमात्र संयोजन गरेको एउटा अन्तरक्रिया कार्यक्रमको नाममा कांग्रेसले सरकारविरूद्ध आन्दोलन गर्न जनताको मन जित्न नसकेका पार्टीहरूको साथ खोजेको छ ।
शुक्रबार नेविसंघकै अधाभन्दा बढी नेता कार्यकर्ताले देउवाकै विरूद्धमा बाल्मिकी क्याम्पसमा खबरदारी गरिरहेको समयमा देउवा भने आफ्नो गुटका केही नेविसंघका कार्यकर्ता लिएर सरकारको विरूद्धमा लड्न मोहन वैद्य र सीपी मैनालीहरूसँग हारगुहार गरिरहेका थिए । आफ्नो कार्यशैलीका विरूद्धमा नेविसंघको आधाभन्दा ठूलो हिस्सा आन्दोलित रहेका बेलामा देउवाले सरकारविरूद्ध लड्न बाहिरबाट साथ माग्नुलाइ आश्चर्यको रूपमा मानेका छन
देउवाको कार्यशैलीको बिरोधमा बालमिकी क्याम्पसमा भएको नेविसंको कार्यक्रम ।
सरकारविरूद्ध हुने आन्दोलनमा देउवालाइ साथ दिन भन्दै राजपाका राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, एक्लै पार्टी चलाउने कोशिश गरिरहेका गोपाल किराँती लगायत पुगेका थिए । सोही कार्यक्रममा देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे ।
उनले सरकारको अधिनायकवादी चरित्रविरुद्ध सत्ता बाहिरका राजनीतिक दलले माेर्चाबन्दी गरेर जानु पर्ने बताए । देउवाले भने, ‘ओलीले एकातिर वार्ता गर्नुको साटो धरपकड गर्दैछ, देश टुक्राउनेसँग वार्ता गरेर जनमत संग्रह भन्छ । कहाँ छ यिनको राष्ट्रवाद कहाँ छ देशभक्ति रु’यता देउवालाइ ढाडस दिन पुगेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाए ।
नेविसंघको अाफ्नो गुटले राष्ट्रियसभामा अायोजना गरेको कार्यक्रममा सरकारविरूद्ध अान्दोलनका लागि सहयाेग गर्न मोहन वैद्यलाइ अपिल गर्दै देउवा ।
महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे । उनले सिके राउत र सरकारबीच भएको सम्झौतामाथि पनि प्रश्न उठाए । ‘सिके राउतसँग गोप्यरुपमा सम्झौता गर्नुभयो । आफ्नै पार्टीलाई पनि थाहा दिइएन । त्यो रहस्यमय छ ।’