आमाबुवाको नाममा अक्षर साधना पुरस्कार स्थापना
प्रिन्स बि.क | २०७६ बैसाख ९ गते १६:३१ मा प्रकाशित
अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् साहित्यकार धनराज अविरलले स्वर्गीय बुवा गर्भे बिक र ममतामयी आमा गौंकी देवी विकको नाममा गर्भेगौंकी अक्षर साधना पुरस्कार स्थापना गरेकाछन् । आफ्नै आँगन लम्कीचुहा ६ चैनपुरमा शनिबार भएको अक्षर साहित्य प्रतिष्ठानको प्रथम साधरण सभा एवम् छ्रैठौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा बुवा आमाको सम्मानमा गर्भेगौंकी अक्षर साधना पुरस्कार स्थापना गरेकाहुन् । अक्षर साहित्य प्रतिष्ठानको बार्षिकोत्सवमा साहित्यको विकासमा साधनारत स्रष्टाको छनोट गरी संस्थाको निर्णय बमोजिम एकजना स्रष्टालाई सम्मान गर्ने अविरलले बताएकाछन् । अक्षर साहित्य प्रतिष्ठानको प्रथम पुरस्कार स्थापना भएकोले सकारात्मक कार्यको सुरुवात भएको अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहराले बताए । प्रथम साधारण सभाले धनराज अविरलको अध्यक्षतामा १ जना पछि मनोनित गर्ने गरी १० सदस्यि र्निविरोध कार्यकमिति गठन गरेको सचिब एचडी अविरलले जानकारी दिए ।
स्रष्टा धनराज अविरलको व्यक्तित्व र जीवनी माथि अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहराले लिखित समीक्षा प्रस्तुत गर्दा कार्यक्रमका सहभागीहरु आँशु झारेर भावुक बनेका थिए । कार्यक्रमका सहभागीले अविरलको स्वर्गीय बुवाको तस्वीरमा माल्यार्पण गरी उनको सामाजिक योगदानको बारेमा चर्चा गरेका थिए ।
साधरण सभामा स्रष्टा अविरलको आमा सहित ४ जना सम्मानित भएकाछन् । अविरलको साहित्य लेखनमा सहयोग गरेको भन्दै उनकी आमा आफ्नै आँगन लम्कीचुहा ६ चैनपुरमा सम्मानित भएकिहुन । सोही कार्यक्रममा अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहरा,विधान निमार्ण समितिका संयोजक बुद्धि प्रसाद खनाल बिपी, फिल्म छायाकंन निर्देशक गंगा भुजेल र गुरु प्रसाद चौधरी साहित्यको विकासमा योगमान गरेकाले सम्मानित भएकाछन् । त्यसै गरी साहित्यकार आर्त अकुलिन र बाबु देवकोटालाई साहित्य विकासको निम्ती भूमिका खेलेको भन्दै प्रशंसापत्र पत्र प्रदान गरिएको छ ।
सम्मानित व्यक्तित्वलाई राजापुर साह्त्यि प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार जेवी अनुरागीले दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरेका थिए । अक्षर साहित्य प्रतिष्ठानको प्रथम साधरण सभा एवम् छ्रैठौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा जनकलाकार तथा देउडा गायक बिस्ना कुमारी बिसीको सुदूरपश्चिम कति राम्रो भन्ने देउडा गीत बिमोचन भएको छ । कार्यक्रमका विशिष्ट अतिथि जनकलाकार एम. बि. सर्वहाराले समीक्षा गर्दै बिसीको सुदूरपश्चिम कति राम्रो भन्ने देउडा गीतमा देउडा गीतको पहिचान र सुन्दरता झल्एिको सर्वहाराले बताए ।
साधरण सभामा बोल्दै विशिष्ट अतिथि तथा समाजसेवी बुद्धिजिवी नेत्रप्रसाद भण्डारीले संस्था स्थापनाको छोटो समय तदर्थ समितिकै अवस्थामा संस्थाले राष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै स्रष्टा आँगन तथा सम्मान कार्यक्रम नेपालकै नमुना कार्यक्रम भएकोले सफलता हाँसिल गरेको उनले बताए । विशिष्ट अतिथि स्रष्टा कृष्ण बिकले अक्षर साहित्य प्रतिष्ठानले भाषा, कला साहित्यको विकासमा गाउँ शहरमा साहित्य जागरणको उत्साहजनक वातावरण निर्माण गरेकोले शुभकामना व्यक्त गरेका थिए । विशिष्ठ अतिथि शिक्षिका रञ्जिता थापाले आफ्नो आँगन मोतीपुरबाट मंशिर १ गते देखि सुरु गरेको स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा सफलता र प्रगतिको उचाईमा पुगेकोले खुशी लागेको बताईन । सम्मानित स्रष्टा गौँकी देवी बिक, कैलाश वियोगी, गोकुल गिरी,बिस्ना बिसी सपना बिपी खनाल लगाएतका बक्तहरुले शुभकामना मन्तव्य राखेका थिए ।
स्रष्टा अविरलको आँगनमा करिब ५ दर्जन भन्दा बढी स्रष्टाहरुले रचना बाचन गरेका थिए । रचना मार्फत स्रष्टाहरुले देशमा द्वन्द्ध बढ्ने सम्भावना बढेकोले यस्तो अवस्थाले जनतालाई दुःखी बनाएको बताए । दुबै पक्षले विगतमा भएको द्वन्द्ध बाट पाठ सिकेर बार्ता र संवादको प्रकुया अपनाउनु पर्नेमा जोड दिएका थिए । देशलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने रचना स्रष्टाहरुले प्रस्तुत गरेका थिए । भाषा कला साहित्यको विकासमा राज्यको लगानी कम भएकोले सोचे जस्तो विकास हुन नसकेको स्रष्टाले बताए ।
अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मदन शाहीले सञ्चालन गरेका थिए भने प्रतिष्ठानका सचिब रमेश आँशुले स्वागत मन्तव्य राखेका थिए ।