देश
डोटि काङ्ग्रेस लाई म घुमाउछु प्रधानमन्त्री ज्यु तपाईं रेल र पानीजहाजमा देशभरका काङ्ग्रेस लाई घुमाउनुहोस
अमृत कुमार ओली | २०७६ बैसाख २३ गते ०८:४८ मा प्रकाशित
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रेम आलेले वाम नेतृत्वको दुईतिहाइको सरकारबाट नेपाली कांग्रेस आत्तिएको बताएका छन् ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भाग लिँदै आलेले पटक पटक बहुमत ल्याउँदा पनि केही गर्न नसकेको कांग्रेस कम्युनिष्टको स्थायी सरकारबाट आत्तिएर अनावश्यक विरोधमा उत्रेको बताए ।
'विगतमा आफू केही गर्न नसक्ने, सरकारको लोकप्रिय कार्यक्रम देखेर आत्तियो', आलेले भने, 'अनावश्यक विवाद भन्दा नीतिगत बहस गरौँ ।'
कुनै दृष्टिकोणले यो कार्यक्रम गलत नरहेको उनले बताए। सुदूरपश्चिमको महत्वपूर्ण सहजपुर बोगटान सडक बनाएर कांग्रेसलाई चकित पार्ने उनले उल्लेख गरे।
'म डोटीमा कांग्रेसलाई गोलगोल घुमाउँछु, प्रधानमन्त्रीज्यू रेल र पानीजहाज चलाएर तपाईं देशभरि कांग्रेसलाई गोलगोल घुमाउनुहोस्', उनले भने ।
राष्ट्रको अभिभावकको हैसियतले राष्टपतिले मेरो सरकार प्रयोग गरेको आलेले उल्लेख गरे । 'देशका हरेक नागरिकले मेरो सरकार भन्छन् भने राष्ट्रपतिले किन भन्न नपाउने ?', उनले प्रश्न गरे, 'राष्ट्रको अभिभावकलाई विवादमा पारेर लोकतन्त्र र संसदीय व्यवस्था बलियो हुँदैन ।'