संवेदनशीलता हराएको पत्रकारीता
प्रिन्स बि.क | २०७६ बैसाख २२ गते १८:५४ मा प्रकाशित
नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषा अनुसार ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस(क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।’ भन्ने छ ।
तर,पत्रकार अर्थात समाजमा भए÷हुने घटनाका बारेमा जनतालाई सूचना, समाचार मार्फत सज्जित गर्ने ब्यक्ति । सामान्य बुझाईको अर्थमा यत्ति हो एउटा पत्रकारको अर्थ । सैद्धान्तिक रुपमा लामो परिभाषा भए पनि आम बुझाई यहि हो ।
बीबीसी एकेडेमीका अनुसार “ पत्रकार भनेको त्यो व्यक्ति हो, जसले पत्रकारिताका शाश्वत मूल्यमान्यतालाई औपचारिक वा अनौपचारिक रूपमा पढेको वा बुझेको छ र त्यस्ता मान्यताहरूलाई पत्रकारिताका विभिन्न चरणहरूमा अवलम्बन गर्दछ । उदाहरणका लागि सूचनाको सत्यता, वस्तुपरकता, विश्वसनियता, कार्यगत स्वतन्त्रता, जनहित, तटस्थता, स्वच्छता, जवाफदेहिता हुन्छ । यस्ता मान्यताहरूलाई आत्मसात गर्दै सर्वसाधारणको हितका लागि कुनै व्यक्ति पत्रकारिताको अभ्यास गर्दछ एवम् पत्रकारिता गर्ने सिलसिलामा पत्रकार आचारसंहिता पालन गर्दछ, त्यो पत्रकार हो ।” भनेको छ ।
पत्रकारीताका मुल्य तथा मान्यतालाई पत्रकारीतको हरेक चरणमा अविलम्बन गर्दै मानविय हितका लागि पत्रकारीता गर्दछ त्यो साचो अर्थमा पत्रकार ठहरीन्छ ।
पत्रकारले सदैव सूचनाको सत्यता, वस्तुपरकता, विश्वसनियता लाई मध्यनजर गर्दै समाचार सम्प्रेषण गर्नुपर्छ बिडम्बना यस्तो अभ्यास आज भोलि कमै देख्न पाईन्छ ।
एउटा पत्रकारले समाचारमा आफ्ना भर्जनहरु लेख्नुहुदैन भन्ने सामान्य ज्ञान प्राप्त गरेका बरिष्ठ बनाउदा पत्रकारहरुले नै यसलाई निमिट्यान पारेका हुन्छन् । आफुलाई प्राप्त अथवा उपलब्ध
सबै सूचना समाचार हुदैनन् । बरिष्ठहरुले आफुसंग भएका हरेका सुचनालाई समाचार बनाएर सम्प्रेष गरि आत्माआन्नदको चरम उत्कर्षमा हुन्छन्।
समाचार बनाएर बनाईने होईन यो त घटनाको प्रतिबिम्ब मात्र हो । घटनाको प्रतिबिम्ब भएको कारण यस्मा थप आफै र बनाएर केही कुरा जोड्न नसकिने भएपनि केहि बरिष्ठहरुले घटनाको मौलिकतालाई आफ्ना कथित निजी स्वार्थका लागि नासेर श्रृंगारीक समाचार पस्केकै हुन्छन् । यस्ता बरिष्ठहरुले बजारमा खुल्लेआम आफ्नो चरित्र र विश्वनियता स्खलित भईसकेको समेत अत्तोपत्तो पाउँदैन्न् ।
सरकार भन्दा पछिको बढि आलोचना खेप्नेमा आहिले संचारजगत छ । नहोस पनि किन समाचारमा निजी स्वार्थ र ब्यक्तिगत कुण्ठा स्पष्ट देखिएपछि आलोचना त हुने नै भयो । सामाजिक संजालमा गरिने विभिन्न टिका टिप्पणीमा ले त्यस्तै अवस्था दर्शाएको छ ।
हामी पत्रकार पनि आम मानिस जस्तै नै हौ । तर, हामी कहिले कहि कस्तो भ्रम परिदिन्छ भने हामी आफैलाई अति विशिष्ट मान्न थाल्छौ । एक दुई जनाको “पत्रकार महोदय” ले हामिलाई भम्रित पारेको हुन्छ । विजय दार्इ (विजय कुमार) को “खुशि” किताबमा एउटा राजनितक विश्लेषको प्रसंग लेख्नु भएको छ, जसलाईमा संक्षिप्तमा लेख्नुपर्दा कुनै एक विद्धानले पत्रपत्रिकामा चार छ वटा लेख लेखेछन् । पत्रिकामा लेख छापिए पछि आफुलाई नेपालकै बुद्धिजिवी ठानेछन् । आफ्नो लेख बारेमा गाउँमा पनि कसो थाहा नहोला भनेर कोठा बाट निस्केर गाउँतिर हिड्ेछन् तर गाउँमा उनलाई विद्धान मानेर गाउँमा कसैले नमस्कार नगरेपछि उनि आश्चार्य चकित हुदै घर तिरको बाटो नापेछन् । हो यस्तै हुन्छ हामी पत्रकारहरुलाई । ज्ञानको कमी अध्यनको कमी तर जान्ने सबै थोकमा । मसाल समाचरलाई भए नभएका तर्क दिदै मुद्धा अदालतको ढोकामा पुग्न नपाउदै उस लाई पत्रकारले दोषि बनाई सकेको हुन्छ ।
पत्रकार मात्र पत्रकार हो न त उ न्यायधिस न भगवान, न उ राजा मात्र पत्रकार जस्को काम भनेको सार्वजनिक हितका लागि भए÷हुने गरेका घटनाका बारे सुसज्जीत गर्ने हो । तर हामीले जनतालाई त्रसति गर्ने खाल्का समाचार लेखेका हुन्छन् ।
झ्न कहिले देशका मुलधारका संचारमाध्याममा संम्वेदनशिल विषय बस्तुमा समाचार प्रकाशन गरिएको हुन्छ । नेपाली सेना संग कस्ता खाल्का हतियार छन्, नेपाली सेना कस्तो खाल्को हातहतियार खरिद गर्दै छ, कस्तो बिमानको प्रयोग गर्दै छ भन्ने बिषयमा समाचार छापाखानामा आउँछन् । सूचानाको हक छ भन्दैमा राष्ट्रिय सुरक्षाका विषयमा समाचार लेखिनु मेरो बिचारमा उचित होईन । राष्ट्रिय सुरक्षासंग जोडिएका कुरा लाई बाहिर ल्याउदा त्यस्को कस्तो प्रभाव पार्छ भन्ने कुराको हामिले ख्याल गर्नुपर्छ ।
पछिल्लो समयमा मैले कैलालीको पोष्ट दैनिककालागि पाठकका तर्फ बाट आउने गूनासो मध्यको एक हो बजारमा आउने ग्यालमर र चरचित काण्ठ कैलाली पोष्टले किन छाप्दैन किन स्थान दिदैन ? भन्ने हो । पाठकको जिज्ञाशा आफ्नै ठाउँमा ठिक छ तर, कैलाली पोष्टको आफ्नै सिद्धान्त छ । हामिले कहिले पनि ब्यक्ति बिषेश र ब्यक्तिको चरित्र हत्या हुने किसीमका समाचार छापेनौ । सूचानाको भरपुर उपलब्धता हुदा समेत जब सम्म सार्वजनिक चासोका बिषय बनेन् तब सम्म हामिले न्युज लेखनौं ।
एउटा सानो घटनाले पनि मान्छेको बाकी जिवनमा कति प्रभाव पार्दछ भन्ने हामी पत्रकारहरुले मनन् गर्न आवश्यक छ । खासगरि महिला संग जोडिएका बिषयमा पत्रकारले बिषेश सर्तकता अपानाउनु पर्ने देखिन्छ । फेसबुक र युट्युबका लाईक,कमेन्ट, सेयर र भ्यूका लागि उसको बाकी जिवन,उसका परिवारका जिवन लाई ध्वस्त हुने खाल्का समाचार बनाउनु भनेको मानविय संवेदनशीलता हराएको नै हो ।
एउटा सानो शब्दको लेखाई र एउटा त्रुटीपुर्ण तरिकाले लिएको तस्बिर, दृश्यले बाकी जिवन नै धवस्त हुने सम्भावना हुन्छ । यस बारेमा हामिलाई ज्ञान हुदा पनि हामी संवेदनशीलता लाई भुलेर समाचार सम्प्रेषण गरेका हुन्छौं ।
पत्रकारीताको गम्भिरता एका तर्फ राखेर आफ्ना सामाजिक संजालमा आउने लाईक,कमेण्ट र सेयर लाई ध्यानमा राखेर समाचार गल्यामार तरीकाले प्रस्तुत गरिनाले हामी पत्रकारहरुको मानवियता माथी नै प्रश्न चिन्ह लागेको हुन्छ । प्राप्त भएका सूचना जब सम्म सार्वजनिक सरोकारका बिषय बन्दैन्न तब सम्म ति सूचना सूचानमा मात्र सिमित हुन्छन् ।
हरेक ब्यक्तिका लागि पहिला उ मानव हो त्यसपछि उसको पहिचान, वा पेशा हो । त्यस्तै पत्रकार पहिला उ मानव हो त्यपछि पत्रकार । मानव भएपछि मानवियता भुल्नुहुदैन । हामिले गर्ने पत्रकारीताको गरीमा र गम्भिरता लाई बुझेर समाचार सम्प्रेषण् गर्न आवश्यक छ । हामि संग एउटा समाचारको भरमा कसैको बाँकी जिवन र परिवारको समेत दाग लगाउने अधिकार छैन र गर्नु पनि हुदैन । मानवियता र सार्वजनिक हितका लागि मात्र कलम चलाउन हाव्शयक छ नत्र संवेदनशीलता हराएको पत्रकारीता हुनेछ ।