लम्कीचुहा नगरपालिका धेरै राम्रो :महालेखा परिक्षक नियन्त्रण कार्यालय
प्रिन्स बि.क | २०७६ जेठ १३ गते १९:०६ मा प्रकाशित
महालेखा परिक्षक नियन्त्रण कार्यालयले आफ्नो प्रतिवेदनमा लम्कीचुहा नगरपालिका धेरै राम्रो भनेर उल्लेख गरेको छ ।
नियन्त्रण कार्यालयले जारी गरेको प्रारम्भिक प्रतिवेदनमा कुल १ सय पुर्णाकमा ६१ नंबर दिदै धेरै राम्रो भनि देखाएको छ । कैलाली जिल्ला मध्यकै धेरै राम्रो लम्कीचुहा नगरपालिका रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका लेखापाल सरोज कुमार चौधरीका अनुसार–“ नगरपालिकाले विगतमा महालेखाको सुत्रपातमा हिसाबको प्रबृष्टी नगर्दा यस्तो विवरण आएको हो । अन्यथा महालेखाको सुत्रपातमा हिसाबको प्रबृष्टि भएको भए हाम्रो अंक अझै राम्रो आउथ्यो । तर पनि लम्कीचुहा नगरपालिका दोस्रो स्थानमा आएको छ । जस्ले स्पष्ट हुन्छ नगरपालिकामा बाहिर बजारमा आए जस्तो बेथिती भएको छैन । सिमित स्रोत साधन, कम जनशक्ति र प्रविधीको अभावमा पनि लम्कीचुहा नगरपालिकाले महालेखाको निर्धारीत सुत्रपातमा हिसाब राखेको मात्र होईन बाकी त्यसमा नियमको विपरीत कुनै काम भएको देखिदैन । नियम भन्दा बाहिर गएर भुक्तानी लगेको भए त आहिले सम्म अख्तीयार दुरुपयोग अनुसन्भन आयोग आर्कषित भईसक्थ्यो । त्यसैले मात्र यो महालेखाको निधारीत सुत्रपातमा हिसाब राख्न नसकेको कारण एउटा शिर्षकको रकम अर्को शिर्षकमा हाल्दा केही प्राविधिक त्रुटी मात्र देखिएको हो । बाहिर आएजस्तो नगरपालिकाको अवस्था भएको भए त महालेखाले कसरी हामीलाई धेरै राम्रो श्रेण्ीमा राख्थ्यो ।
त्यसतै कैलालीको लम्कीचुहा नगरपालिकाको बिषयमा महालेखा परिक्षक नियन्त्रण कार्यालयले पेश गरेको प्रारम्भिक प्रतिवेदन लाई आधार मानेर नगरपालिकाको विरुद्धमा संचार माध्याममा समाचार प्रकाशन भएपछि नगरपालिकाले यर्थात विवरण दिएको छ ।
जनप्रतिनिधि आए लगतै कानुनी प्रक्रियाको विषयमा सबै स्थानीय तहहरुमा अन्यौलताको अवस्था कायम हुँदा लम्कीचुहा नगरपालिका समेत यो समस्याबाट उम्कन सकेन । थोरै कर्मचारीहरुबाट नगरपालिकाका सम्पूर्ण गतिविधिहरु संचालन गर्न आफैमा एउटा चुनौतिपूर्ण विषय हो । नगरपालिकामा दरबन्दी अनुसार कर्मचारीको व्यवस्था हुन नसक्नु नगरपालिकाको लागि अर्को चुनौति हो । लम्कीचुहा नगरपालिकामा नगर प्रमुख लगायतका जनप्रतिनिधिहरु निर्वाचित भई आई सके लगतै आर्थिक वर्ष २०७४÷०७५ को प्रथम नगर सभाबाट स्वीकृत बजेट शिर्षकगत रुपमा मात्र विनियोजन भएको थियो त्यसलाई नगर सभाबाट कार्यक्रम तथा योजना बनाउन सकिएको थिएन । नगर सभाबाट योजना तथा कार्यक्रम टुक्रयाउने अधिकार नगर कार्यपालिकालाई प्रत्योजन गरे बमोजिम तत्कालिन अवस्थामा नयाँ व्यवस्था अनुसार लेखा प्रणालीलाई सुत्रमा लिन सकिएन । एउटा शिर्षकमा विनियोजित बजेट खर्च हिसाबमा अर्को शिर्षकमा देखिन गएको छ ।
विषय प्रशंग लम्कीचुहा नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनका उल्लेख गरिएका केहि नितिगत विषयबस्तुहरुलाई टिका टीप्पणीको रुपमा मिडियामा रंगमञ्च गर्दै लेख्न थालिए पछी लम्कीचुहा नगरपालिकाले प्रतिवेदनमा उल्लेखित विषयबस्तु लेखा प्रणालीमा भिडान गर्दा यर्थाथ विवरण बाहिर आएको छ ।
लम्कीचुहा नगरपालिकाले विकासको नाममा ४१ लाख बजेट जथाभावी खर्च गरेको भन्ने समाचारप्रति उदृत गर्दै सोको यर्थाथता बाहिर ल्याएको छ । लम्कीचुहा नगरपालिकाका विभिन्न विषयगत शिर्षक अन्र्तगतका योजना तथा कार्यक्रमहरुको वर्ष भरी अनुगमन गर्दा एउटा योजनाको तिन पटक सम्म अनुगमन कार्य गर्ने नितिगत व्यवस्था रहेको छ । स्थानीय सरकारका थुप्रै योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पटक पटक गरिएको अनुगमन कार्य गरे वापतको भक्ता लिने कानुनी प्रावधान छ । यद्यपी अनुगमन भक्ता नै नलिई अनुगमन कार्य गरिएको छ भने कुनै पनि योजनाको अनुगमन तथा सुपरीवेक्षण नै नभएको पुष्टयाई हुने भएकाले अनुगमन वापतको रकम लिएको बुझिन आएको छ ।
लम्कीचुहा नगरपालिकाको लेखा प्रणालीमा अनुगमन र भ्रमण भक्ता वापतको खर्चको विवरण एक शिर्षकको खर्च अर्को शिर्षकमा जोडिन गएकाले सो रकम बढी हुन गएको नगरपालिकाका कर्मचारी बताउछन । नगरपालिकाका १ देखि १० वटै वडाका विभिन्न योजनाहरु, विषयगत शाखाका योजनाहरु र नगरपालिका केन्द्रका योजनाहरुको तीन तिन पटक अनुगमन गर्दा नगरपालिकाका मेयर महादेव बजगाईले एक वर्ष भरी अनुगमन गरे वापतको भक्ता रकम रु. ९६ हजार बुझेका छन । यसै गरी उपमेयर टीका थापाले ७५ हजार ५ सय साठी, वडा नं. १ का वडा अध्यक्ष जनक बहादुर बमले २० हजार, २ का अध्यक्ष विष्णु प्रसाद ढकालले २० हजार, ३ का अध्यक्ष भक्त बहादुर चलाउनेले २० हजार ४ का अध्यक्ष लाल बहादुर बोगटी २० हजार, ५ का अध्यक्ष माया विष्ट २० हजार, ६ का अध्यक्ष नेत्र मगर २० हजार, ७ का अध्यक्ष हरीराम चौधरी २० हजार ८ का अध्यक्ष २० हजार, ९ का अध्यक्ष २)० हजार, वडा नं. १० अध्यक्षले समेत रु. २० हजार, कार्यपालिका सदस्य, वडा समितिका सदस्यहरु तथा वडा सचिवहरुले समेत रु. २० हजार दरले अनुगमन भक्ता लिएका छन । साथै विभिन्न सरोकारवाला व्यक्ति, नगरपालिकाका सम्बन्धित प्राविधिक तथा अन्य कर्मचारीहरुले योजनाको सार्वजनिक सुनुवाई लगायतका कार्यक्रममा सहभागी हुँदा र योजनाको अनुगमन कार्य गरे वापत रु. ३ लाख रकम खर्च भएको देखिन आएको छ ।
साथै नगरपालिकाको विशेष कामकाजमा जिल्ला बाहिर जस्तै ः विभिन्न डेलिगेशनमा काठमाण्डौ जाँदा, अन्य कार्यक्रममा धनगढी, नेपालगंज लगायतका ठाउँमा जाँदा एक वर्ष भरी मेयर महादेव बजगाईले भ्रमण भक्ता वापत (यातायात, टिकट, खाना, बास) लगायतका शिर्षकमा खर्च हुने रकम रु. १ लाख ४० हजार ६ सय ५० बुझी लिएको देखिन आएको छ । उप मेयर टीका थापाले ७५ हजार ५ सय बुझेकी छन भने क्रमशः वडा नं. १ का अध्यक्ष जनक बहादुर बमले १८ हजार ५ सय ६०, २ का अध्यक्ष विष्णु प्रसाद ढकालले २१ हजार ८ सय ९०, ३ का अध्यक्ष भक्त बहादुर चलाउनेले ५४ हजार ४ सय तिस, ४ का अध्यक्ष लाल बहादुर बोगटीले २१ हजार ९ सय पचहत्तर, ५ का अध्यक्षले ६ हजार दुई सय, ६ का अध्यक्ष नेत्र मगरले ३९ हजार चार सय पचहत्तर, ८ का अध्यक्ष पूर्ण बहादुर विष्टले ६ हजार ३ सय पैतिस र वडा सदस्य प्रबल रोकायाले १५ हजार १ सय साठी लिएको देखिन्छ । नगरपालिकाको विकास र समृद्धिका लागि विभिन्न समयमा काठमाण्डौ लगायतका ठाउँमा डेलिगेशन गए वापत विशिष्ट पदाधिकारीहरु, अन्य सरकारी निकायका पदाधिकारीहरु तथा कर्मचारीहरुको भ्रमण भक्ता वापतको १० लाख ४१ हजार ६ सय बिस लिएको देखिन्छ । वर्षायाममा नगरपालिकाका विभिन्न वडाहरुमा डुवान भएको ठाउँमा पानी निकासा गर्दा डोजर लगाएको खर्च १ लाख १९ हजार रकम अनुगमन तथा भ्रमण शिर्षकबाट निकासा गरेको देखिन्छ । उच्च स्तरको सडक ग्राभेलमा खटाईएका वडा सदस्य प्रबल रोकायको खाना खाजा खर्च वापतको रु. १ लाख ४१ हजार रकम अनुगमन तथा भ्रमण शिर्षकबाट नै खर्च भएको देखिन्छ नगरपालिकाका अमिन र सब–ईन्जिनियरको फिल्ड प्राविधिक भक्ता वापतको १ लाख ६१ हजार रकम यसै शिर्षकबाट खर्च गरेको देखिन्छ । दैनिक भ्रमण भक्ताको नाममा खर्च भएको रकम घुमफिरमा खर्च भएको भनि गलत ढंगले नबुझ्न आग्रह गरेको छ ।
इन्धनमा भएको खर्च विवरण अनुसार एक वर्ष भरी जनप्रतिनिधिहरुले विभिन्न योजनाहरुको अनुगमन गर्दा, विभिन्न कार्यक्रममा जाँदा ५६३३.९ लिटर डिजल प्रट्रोल, कार्यालय प्रयोजनमा कर्मचारीहरुले २५१२ लिटर प्रट्रोल, गाडी भाडामा प्रयोग गर्दा १३२ लिटर डिजल र नगरपालिकाको विकास निर्माणमा प्रयोग भएका जेसिवी, रोलर, टिप्पर, दम्कल र फोहोरमैला व्यवस्थापनमा प्रयोग हुने ट्याक्टरमा २०८६१.९५ लिटर डिजल खर्च भएको छ ।
नगरपलिकाका अनुसार प्रथम नगर सभाबाट नगरपालिकाले ईन्धन पदाधिकारी र ईन्धन कार्यालय प्रयोजन भनेर दुई शिर्षकमा रकम विनियोजन गरेको थियो । जसमा ईन्धन पदाधिकारीमा दुई लाख रुपैया र ईन्धन कार्यालय प्रयोजन भनेर २७ लाख रुपैया विनियोजन गरेको थियो । तर, नगरपालिकाका विभिन्न ठाउँमा भएका विकास निमार्णका काम बाटो निमार्ण, मर्मत सम्भार, तर बर्षयाममा गरेका थुप्रै कामका रकमलाई ईन्धन पदाधिकारीमा हिसाब लेखिदिएपछि सो शिर्षकमा बढि देखिन गएको छ ।
त्यस्तै बैठक भत्ताको नाममा विनियोजित बजेट नगर सभाको बैठकहरु, नगर कार्यपालिकाको बैठकहरु, वडा समितिका बैठकहरु, विषयगत समितिका बैठकहरु, कार्यालयमा अन्य प्रयोजनमा बसेका बैठकहरुका लागि विनियोजन गरिएको र मासिक रुपमा दुई पटक वडा समितिका बैठक र कार्यपालिकाको बैठक बस्ने गरेको बताईएको छ । रातदिन बिकास निमार्ण र जनताको काममा लाग्ने कानून अनुसार सुविधा लिनु गलत नभएको नगरपालिकाले जनाएको छ ।
लक्षित समुदायको बजेट पनि लक्षित समुदायको हितमै काम भएको । लक्षित समुदायको बजेट नगरपालिकाका पदाधिकारीको ब्यक्तिगत ज्यायजत्था जोड्न नभएर सामुदायिक हितको लागि नै भनेर बिकास निमार्णको काममा लगार्ईएको छ । संचारमाध्याममा भनिए जस्तो अन्यत्र खर्च भएको छ । सार्वजिनक र सबैको हित र उपयोगमा आउने विकास निमार्णको काममा बजेट खर्च भएको छ । विकास निमार्णका काममा कुनै एक पाटि र कुनै आफन्त भनेर काम भएको छैन । सबैको सहभागिता मुलक र सबैको साझा उपभोक्ता समिति मार्फत काम भएको छ । महालेखा परिक्षक नियण्त्रण कार्यालयको प्रतिवेदनमा भएको राम्रो कुरा लाई बाहिर नल्याएर प्रवाधिक त्रुटीलाई मात्र औल्यानुले सूनियोजित तरीकाले समाचार आएको ..... बताए ।
त्यसैगरि भ्रमणको खर्चमा कैलाली भ्रमण बर्षको रकम रहेको नगरपालिकाले बताएको छ । कैलाली भ्रमण बर्षमा लम्कीचुहा नगरपालिका पनि सहयोगी हात रहेको हुदाँ अनुमान गरे भन्दा बढी विशिष्ट तथा प्रतिनिधि मण्डलको उपस्थिती रहेको हुनाले खर्च भएको नगरपालिकाले बताएको छ । सामजिक सहायतमा खर्च भएको रकम सिध्याईएको भन्ने तर्क बेबुनियाद रहेको .... बताए । सामाजिक सहायता अन्तर्गत नगरपालिका भित्रका गरिब, असायहरुको उपचारमा सहयोग गरेको छ , जसले गर्दा आज उनिहरु नयाँ जिवन बाच्न पाईरहेका छन् । त्यसैगरि विभिन्न प्राकृतिक प्रकोप बाट गास,बासमा भएको क्षतिमा दिएको राहत स्वरुप साहयता रकम हो । यस शिर्षकको रकम लाई महालेखा परिक्षक नियण्त्रणको कार्यालयले सिध्यायो भनेर कहि उल्लेख गरेको छैन ।पार्टिका कार्यकतालाई पोस्नका लागि रकम बाडियो भन्ने कुरा बिल्कुलै गलत हो । गरिब, सहाय, प्रकोप बाट पिडित भएका पार्टिका कार्यकर्ता हुदैनन्न् । नागरिक हुन नागरिक लाई समस्या पर्दा नियम कानूूनको अधिनमा रहि नगरपालिकाले सहयोग गर्न सक्छ र त्यही नगरपालिकाले गरेको हो । नभएका कुरा लाई जोडेर जनतालाई भ्रमित र आफ्नो निजि स्वार्थ पुरा गर्ने गरि संचार माध्यामहरुमा समाचार आउनु दुःख रहेको वडा नं १ का अध्यक्ष जनक बहादुर बम बलले बताए ।