अक्षरको आँगनमा स्रष्टाका ८५ बर्षिय बुवा सहित ५ स्रष्टा सम्मानित
प्रिन्स बि.क | २०७६ जेठ २० गते १७:०९ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्की थकालीपुरमा सनिवार स्रष्टा बुद्धि प्रसाद खनाल बिपिकोे आँगनमा उनका ८५ बर्षिय बुवा मोतिलाल खनाल सम्मानित भएकाछन् । अक्षर साहित्य प्रतिष्ठान लम्की कैलालीले हरेक महिनाको पहिलो सनिवार आयोजना गर्दै आएको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको सातौं शृङ्खलामा अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार बिपिको आँगनमा भएको स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा उनका ८५ बर्षिय बुवा मोतिलाल खनाल सम्मानित भएकाहुन् ।
स्रष्टा बिपिलाई साहित्य सिर्जना गर्नमा उनका बुवाले सहयोग गरेकोले स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको सातौं शृङ्खलामा अक्षर साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । स्रष्टा उत्पादनमा परिवारको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहने भएकोले स्रष्टाले रोजेको घरको व्यक्तिलाई अक्षर साहित्य प्रतिष्ठानले सम्मान गर्दै आएको आएको छ । त्यसैगरी ओम कार्की साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष यवं स्रष्टा अम्बिका कार्की सहित ५ जना स्रष्टा सम्मानित भएकाहुन मकवानपुरका स्रष्टा मसान उपासक, कैलालीका स्रष्टा गंगा भुजेल र गुरु प्रसाद चौधरी लाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरलले बताए । असार महिनाको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमकको आठौं शृङ्खला साहित्यकार प्रमेश्वर कार्कीको आँगन लम्कीमा हुने महासचिब मदन प्यासीले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले चितवन, मकवानपुर र मोरङको साहित्य सम्बन्ध जिवन्त बनाउनु पर्नेमा स्रष्टाले भूमिका खेल्नुपर्नेमा जोड दिए । समन्वय र सहकार्य गर्दै नेपाली भाषा,कला र साहित्यको संरक्षण प्रवद्र्धन गरी सुन्दर देश बनाउन सबैले लाग्नुपर्ने अविरलले बताए । ओम कार्की साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष यवं स्रष्टा अम्बिका काकीले अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको प्रशंसा गरिन् । नेपाली साहित्यमा फरक पहिचानको कार्यक्रम प्रतिष्ठानले संचालन गरेकोले यस कार्यक्रमले नेपाली साहित्यमा सकारात्म प्रभाव पर्ने कार्कीले बताइन् । कार्कीले साउन महिनाको नवौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम चितवन आप्नै आँगनमा लिने ईच्छा ब्यक्त गरेकीछन् । साउनको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम चितवनमा हुने संस्थाले बताएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार बालकृष्ण खनाल, मसान उपासक र रबि खड्का रोदनले अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको महत्वको बारेमा बोल्दै शुभकामना ब्यक्त गरेका थिए । राष्ट्रगान सहित सुरु भएको कार्यक्रममा स्रष्टाकी स्वर्गीय आमा पवित्रा देवी खनालको तस्बीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा भावुक भएर बोल्दै स्रष्टा बिपिले आमाको प्रेणाले साह्त्यिमा लागेको बताए । आमा बुवाको सेवा गर्ने र सम्मान गर्ने सन्तान नै असल सन्तान हुने भएकोले सबैले आमा बुवाको सम्मान गर्नुपर्ने उनले बताए ।
अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहोराले छोटो समयमा अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमले संस्थाको सफलताको उचाई लिन सफल भएको बताए । कला साहित्यप्रेमी लाई एकिकृत गर्नु र जागरणको अभियान संचालन गनर््ु अक्षर साहित्य प्रतिष्ठानको ठूलो उपलब्धि भएको बोहरा बताउँछन् ।
कार्यक्रममा रचना बाचन गर्ने स्रष्टाहरुले समाज र देश परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका रहने भएकोले राज्यले स्रष्टाको योगदानको सम्मान गर्नु पर्ने बताए। भाषा, कला साहित्यको संरक्षण र सम्बद्धनका लागि अक्षर साहित्य प्रतिष्ठानले सक्रिय रुपमा कार्यक्रम गरेर पहिचान बनाउन सफल भएको भन्दै करिब ५५ भन्दा बढी स्रष्टाहरुले रचना बाचन गरेका थिए । रचना मार्फत देशलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने रचना भन्दै भाषा कला साहित्यको विकासमा राज्यको लगानी कम भएकोले सोचे जस्तो विकास हुन नसकेको स्रष्टाले भन्दै समाजमा भईरहेको विभेद र देशमा भएको भ्रष्टचारको विरुद्धमा तिखो प्रहार गरेका थिए ।
प्रतिष्ठानका कोषाध्यक्ष तुल्सी संजयालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा मोरङका साहित्यकार सन्ध्या सापकोटा, जनकलाकार बिस्ना कुमारी विसी सपना, प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहरा, मिन बोहरा कवि मिन थापा, निशु जोशी, दिपिका बिष्ट, रत्न कमल किष्ट, कुसुम देवकोटाले रचाना सहित मन्तव्य राखेका थिए ।
अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मदन शाहीले सञ्चालन गरेका थिए । प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहराले बुद्धिप्रसाद खनाल जीवनी माथी प्रकाश पारेका थिए । समग्र कार्यक्रमको समीक्षा प्रतिष्ठानका सल्लाहकार हर्क देवकोटा आर्त अकूलिनले गरेका थिए ।