लम्कीचुहा
बनाउने भयो लम्कीचुहाले अस्पताल , २३ गते शिलान्यास हुने
प्रिन्स बि.क | २०७६ जेठ २१ गते २२:०४ मा प्रकाशित
लम्कीचुहा नगरपालिकाको गौरवको आयोजना मध्य एक रहेको ५० शैयाको चुहा सामुदायिक अस्पताल निर्माण गर्ने कुरा कार्यान्वयनमा आउने भएको छ ।
यहि जेठ २३ गते बिहिवार संघीय सासंद झपट रावल, प्रदेश सरकार मन्त्री र सासंदहरुको उपस्थितिमा बृहत् कार्यक्रमका विचमा अस्पतालको शिलान्यास हुने भएको हो ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले आफ्नो गाडी सुविधालाई त्यागेर सार्वजनिक हितका लागि भनेर अस्पताल निर्माण गर्ने घोषणा गरे संगै यस्को चर्चा बढेको थियो । नगरपालिकाका नगर गौरवका योजनाहरु लम्की बसपार्क , सिटी हल , देश कै नमुना नगर उधान , नगर रिङ्ग रोड लगायत योजनाहरु मध्यकै एक रहेको चुहा सामुदायिक अस्पतालको शिलान्यास हुने भए पछि यस क्षेत्रका वासिन्दामा अस्पताल निर्माणको कामले तिव्रता पाउने आशा पलाएको छ ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले अस्पतालको शिलन्यास हुने भए पछि आफ्नो समृद्ध र सुखी नगरपालिकाको सपना यथार्थमा रुपान्तरण हुन लागेको बताए। नगर प्रमुख बजगाईले लम्कीचुहाका वासिन्दा लाई अलि ठूलो रोग लागेमा कोहोलपुर, काठमाडौ र भारत जानू पर्ने बाध्यता रहेको बताउदै हुने खानेले विरामी लाई सुविधा सम्पन्न अस्पतालमा आफ्ना विरामी लाई समयमै पुगाएर बचाउन सफल भएपनी गरिव निमुखहरु आफ्ना विरामी लाई अस्पताल पुर्याउदै गर्दा कतीले अकालमा ज्यान गुमाउनु परेको तितो यथार्थलाई आफुले राम्रो संग बुझेको बताउदै यसको निर्माण गर्नु आफ्नो ठूलो सपना रहेको बताए ।
गरिव जनतालाई आफ्नो घर आगनमै कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफुले पाएको सुविधा पनि त्यागेर अस्पताल निर्माणमा लागेको नगर प्रमुख बजगाइले बताए ।