अर्थ
यामाहा एमटी १५ जानकी ट्रेडर्स एण्ड सप्लायर्स टीकापुरमा
एजेन्सी | २०७६ भाद्र ९ गते १७:१९ मा प्रकाशित
जानकी ट्रेडर्स एण्ड सप्लायर्समा यामाहा एमटी १५ नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई औपचारिक रुपमा नेपालमा सार्वजनिक गरेको मोटरसाइकल जानकी ट्रेर्डस एण्ड सप्लार्यसमा पनि उपलब्ध रहेको छ । नया“ एमटी १५ मा भीभीए (भ्यारिएबल भल्ब एक्चुएसन) प्रविधि प्रयोग गरिएको छ जसले कम र मध्यम ‘आरपीएम’मा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्ने जानकी ट्रेडर्स एण्ड सप्लायर्स टीकापुरका प्रोपराइटर अनिल रावलले बताउनुभयो । यसले इन्जिनको पर्फमेन्सलाई अझ दमदार बनाइ दिन्छ । त्यसैगरी, ‘ए एन्ड एस क्लच’ (असिस्ट एन्ड स्लिपर क्लच)ले गियर परिवतन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउ“ने पनि रावलले बताउनुभयो । । रावलले एमटी १५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबीएसहितको फ्रन्ट डिस्क छ जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । यसमा प्रयोग भएको सानो देखिने ‘बाई फंक्सनल’ हेडलाइट, भर्टिकल टेललाइसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’ तथा ‘फिनिस’ले एमटीको ‘एग्रेसिभ’ स्टाइललाई झल्काउ“छ बताउनुभयो । नेपालमा यामाहा एमटी १५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयँ“ रहेको छ । यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ । एमटी१५ को लुक्स र टेक्नोलोजी अन्तराष्ट्रिय बजारमा चर्चित एमटी डीएनएबाट प्रभावित छ । १३८ किलोग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको जानकी ट्रेडर्स एण्ढ सप्लायर्स टीकापुरका म्यानेजर हेमन्त रावलले बताउनुभयो ।