लम्कीचुहा नगरपालिकाकी मन्जु बि.क ले जितिन् प्रथम प्रेसिडेन्ट कराँते कपको उपाधी
कैलाली पोष्ट | २०७६ भाद्र १६ गते २०:०५ मा प्रकाशित
नेपाली फुल कन्ट्याक्ट् कराँते इतिहासमा पहिलो पटक आयोजना भएको सर्वाधिक धनराशिको ब्यवसायीक कराँते प्रतियोगिताको महिला तर्फको उपाधी लम्कीचुहा नगरपालिका वडा नंम्बर ५ की मन्जु बि.क ले हात पारेकी छन् ।
कराँते प्रतियोगिताको उपाधी जित्ने क्रममा पुरुष तर्फको खुल्ला तौल समुहमा पोखराका रुपक नेपालीले कंचनपुरका शनि सुनारलाई सहजै रुपमै हराएर स्वर्ण पदक जित्दा मन्जु बिश्वकर्माले स्वर्ण पदक जित्न धेरै संघर्ष गर्नु परेको थियो।
पोखराका रुपकले घरेलु दर्शकको औधी हुटिङ पाउँदा फाइनलको पहिलो बाउटमा उनका प्रतिस्पर्धी शनि सुनारले खेल परित्याग गर्दा सहजै स्वर्ण जितेका थिए ।त्यस्तै महिला खुला तौल समुहमा कैलालीकी मन्जुले स्वर्ण जित्ने क्रममा काठमाडौंकी निशा बोहराले कडा चुनौती दिएकी थिइन् । मन्जुले स्वर्ण पदक जित्न चौथो बाउटसम्म कुर्नु परेको थियो ।
शनिबार सम्पन्न भएको प्रथम अल नेपाल खुल्ला प्रेसिडेन्ट कप कराते ग्रान्ड च्याम्पियनसिपको उपाधी जितेका रुपक र मन्जुले एक र एक लाख रुपैयाँ हातपार्दा दोस्रो भएका शनि सुनार र निशा बोहराले ५० – ५० हजार रुपैयाँ चित बुझाउदा तेस्रो भएका सन्देश मानन्धर र २५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रथम भएका खेलाडीलाई युनाइटेड क्योकुशिन कराँते अर्गनाइजेसन (युएनकेए) ले नगत २ लाख रुपैयाँ पुरस्कार पुरस्कार दिएको थियो । नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघको आयोजनामा पहिलोपटक आयोजना भएको प्रथम प्रेसिडेन्ट कप कराँते च्याम्पियनसिपको आयोजना गरेको हो ।
प्रतियोगितामा नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघमा आवद्ध भएका विभिन्न संघका ४८ जना उत्कृष्ट एवं बलिया महिला र पुरुष खेलाडीहरुको सहभागीताको सहभागी रहेको नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघका महासचिव बिष्णुकान अर्यालले जानकारी दिनुभयो ।
नेपालमा पहिलोपटक ब्यवसायीक कराँते खेलको बिकास गर्न सफल भएकोमा हामी हामी अत्यन्तै खुशीको महासचिव अर्यालले बताए । पहिलोपटक ब्यवसायीक कराँते खेल खेल्न पाउँदा मेहनत बमोजिमको फल पाउँदा खुशी लागेको महिला तर्फकी च्याम्पियन मन्जुले खुशी व्यक्त गरिन ।
नेपालमा ब्यवसायीक कराँते खेलको बिकास हुनु साथै महिला पुरुषले समान रुपले पुरस्कार पुरस्कार प्राप्त गर्दा निकै खुशी लागेको पाको नेपाल क्योकुशिन एसोसिएसनकी नेपाल प्रमुख प्रशिक्षक एवं फुल कन्ट्याक्ट् महासंघकी सदस्य समेत रहेकी सन्जु महर्जनले जानकारी दिनु भयो ।
यो प्रतियोगिताले प्रत्येक बर्ष निरन्तरता पाउनुका साथै ब्यवसायीक खेलाडीहरुको खोजी र उनीहरुको भबिस्यलाई ख्याल गर्दै हरेक बर्ष धनराशि बढाउदै लाने प्रतिबद्धता सहित नेपाल फुल कन्ट्याक्ट् महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी गराउनु भयो ।
प्रतियोगितामा यो बर्ष महिला र पुरुष तर्फ दुईटा तौल समूह सहभागी गराए पनी अब आउने बर्षमा अझै तौल समूह बढाएर धेरै भन्दा धेरै खेलाडीलाई फुल कन्ट्याक्ट् खेल खेल्न प्रेरित गर्ने फुल कन्ट्याक्ट् महासंघको लक्ष्य रहेको अध्यक्ष बस्नेतले हामीलाई जानकारी दिनु भयो ।
यसपटक हामीले सबै फुल कन्ट्याक्ट् कराते संघहरुलाई समेट्न खोज्दा खोज्दै पनि सफल भएनौ अब आउने बर्षहरुमा सबैलाई मिलाएर लैजाने बस्नेतले बताए ।
@news24