लम्कीचुहा
तिज विशेष तथा बालिका नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न
कैलाली पोष्ट | २०७६ भाद्र १७ गते २१:११ मा प्रकाशित
लम्की / भाद्र १७
कैलालीको लम्कीमा आज तीज विशेष तथा बालिका नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भारत मैत्री संघ लम्की उपशाखा, कैलाली र नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।लम्कीचुहा नगरपालिकाका १० जना बालिकाहरुको सहभागिता रहेको प्रतियोगितामा लम्कीचुहा नगरपालिका वडा नम्बर ७ की जयन्ती आचार्यले प्रथम स्थान प्राप्त गरेकी छन ।
प्रतियोगितामा वडा नम्बर २ की जानकी बजगाईले द्धितिय स्थान , वडा नम्बर २ की सम्झना न्यौपानेले तृतिय र वडा नम्बर ६ की रोशनी थापाले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
हरेक बर्षको हरितालिका तिज पर्वको पञ्चमीका अवसरमा आयोजना गर्दै आए झै यस बर्ष पनी नेपाल भारत मैत्री संघ लम्की उपशाखा र नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाको संयुक्त आयोजनामा तीज विशेष तथा बालिका नृत्य प्रतियोगिता कार्यक्रमको आयोजना गरीएको नेपाल भारत मैत्री संघ लम्की उपशाखाका अध्यक्ष रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो ।
नेपाल भारत मैत्री संघ लम्कीचुहाका अध्यक्ष रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य माननीय कमलाकुमारी ओली रहनु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका उप प्रमुख टीका थापा, वडा नम्बर १ का वडा अध्यक्ष जनक बम र वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने, नगर कार्यपालिका सदस्य दुर्पता बि. क. , महिला नेतृ शिवा थापा, शुशिला शाही, देवकी कार्की, माया शाह, बालिका सरिता खनाल लगायतकाले तीजको शुभकामना मन्तव्य राख्नु भएको थियो
नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाडौको प्रमुख प्रायोजनमा सम्पन्न कार्यक्रममा नगर बाल अधिकार संरक्षण समिति लम्कीचुहाका उपाध्यक्ष जुगराम चौधरीको स्वागत मन्तव्य राख्नु भएको थियो भन सञ्चालन नेपाल भारत मैत्री संघ लम्कीका सचिव शिव थापाले गर्नु भएको थियो ।