समाचार
जनजागृती माध्यामिक विधालयको ४२ औं वार्षिकोत्सब सम्पन्न
एजेन्सी | २०७६ मंसिर २३ गते १७:५९ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ५ मा रहेको जनजागृती माध्यामिक विधालयको ४८ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।
विधालयका व्यस्थापन समितिका अध्यक्ष महेश बडुवालको सभापतित्वमा शुरु भएको कार्यक्रका प्रमुख अतिथी कैलाली क्षेत्र नंम्बर २ (क) का प्रदेश सभा सदस्य रतन थापा रहेका थिए ।
त्यसैगरि विशिष्ट अतिथीमा सुदुरपस्चिम प्रदेश मुख्य न्याधीवक्ता कुलानन्द न्यौपाने, कैलाली जिल्ला समन्वय प्रमुख सुर्य बहादुर थापा, लम्की बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बखत बहादुर बिष्ट, वडा अध्यक्ष माया बिष्ट रहनु भएको कार्यक्रमा विधालय व्यवस्थापन समितिका अध्यक्ष , समाजसेवी लगायतका उपस्तिथि रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेस सांसद रतन बहादुर थापाले विधालयले आफ्नो स्तर बढाउदै लगेकोमा यसमा विधालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक , पदाधिकारीहरुको योग्दान रहेको बताए । अहिले पनि यस क्षेत्रकै प्रख्यात शैक्षिक संस्थामा पर्न सफल यस शैक्षिक संस्थाको थप उन्नतिका लागि प्रदेश सरकारले गर्ने सहयोगमा आफ्नो योग्दान रहने बताए ।
त्यसैगरी कार्यक्रमका विशेष्ट अतिथी मध्यका एक सुर्य बहादुर थापाले जिल्ला समन्वय समिती बाट बिधालयको भौतिक संरचना निर्माण गर्न आवश्यक सहयोग लागि पहल गर्ने बताए ।
कार्यक्रमका सभापति तथा बिधालय व्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालले विधालय यो स्थान सम्म पुगाउनका लागि सहयोग गर्नेहरु लाई धन्यवाद दिदै आगामेव दिनमा पनि बिधालयको उन्नति प्रगतीमा सहयोगको अपेक्षा गरेको बताए ।