राष्ट्रियताको सवालमा सबै एक ठाउँमा आउनु पर्ने लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले बताएका छन ।
कैलालीको लम्कीचुहा नगरपालिकामा संचालन भएको लम्की सांगीतिक महोत्सव तथा व्यापार मेला २०७६ को उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महादेव बजगाईले सो कुरा बताउनुभएको हो ।
सामुदायिक रेडियो पश्चिम् आवाज १०४.७ मेगाहर्ज द्वारा आयोजना गरिएको महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख महादेव बजगाईले इतिहासले समेत याद गर्ने भएको हुँदा राष्ट्रियता जस्तो संबेदनसिल कुरामा आरोप , अफहवा फैलाउनु भन्दापनी सबै राजनीति दल एक ठाउँमा उभिएर आफ्नो भुमिको बारे एक मत हुनु पर्ने बताए । कालापानी , लिम्पियाधुराको आफ्नो क्षेत्रमा देखाउदै भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सा प्रती वर्तमान कम्युनिस्ट सरकारले प्रभवकारी कदम नउठाएको आरोपको सन्दर्भमा नगर प्रमुख बजगाईले प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालय मार्फत भारतलाई कुटनैतिक तरिकाले आफ्नो असन्तुष्टि देखाई सकेको बताए । यस्तो अवस्थामा जनतालाई भ्रमित गर्ने किसिमले आरोप लगाउनु नसुहाउने र इतिहासमा राष्ट्रियता जस्तो संबेदनसिल मुद्दामा एक नआएको पस्च्ताप गर्नु पर्ने अवस्था हुने बताए ।
लम्की क्षेत्रको पहिचानका तथा व्यापार वृद्धिका लागि सामुदायिक रेडियोले आयोजना गरेको महोत्सव सफलताको शुभकामना दिदै आगामी दिनमा यस्ता कार्यका लागि नगरपालिकाको सदैव साथ रहने बताए ।
त्यसैगरी लम्कीचुहा उधोग वाणिज्य संघका अध्यक्ष पदम राज चौलागाईंले पर्यटन तथा व्यापरको लागि सामुदायिक रेडियोले आयोजना गरेको महोत्सवको सफलातको शुभकामना व्यक्त गर्दै पछिल्लो समय महोत्सवको उदेश्य केवल मनोरञ्जन मात्र भएकोले यस महोत्सवले मनोरञ्जन मात्र नभएर यस क्षेत्रको प्रतिनिधित्व हुने किसिममा कृषि औद्योगिक तथा सस्कृतीको प्रदर्शन समेत गर्ने आशा राखेको बताए ।
नेपाल पत्रकार महासंघ ,सुदुरपश्चिम् प्रदेशका महासचिव योगेश रावलले अहिलेको अवस्थामा लम्की राजनीतिक हिसाबले कैलाली जिल्लाको प्रतिनिधित्व गरिरहेको अवस्थामा यस क्षेत्रले त्यसको फाईदा लिनु पर्ने बताए ।
सामरा हस्पिटलको प्रयोजन र सामुदायिक रेडियो पश्चिम् आवाज लम्कीद्वारा आयोजना गरिएको महोत्सव यहि मंसिर १२ गते २१ गते सम्म संचालन हुने छ ।