लैगिंक अधिकार प्राप्त लागि आफै सक्रिय हुुनुपर्छ: सांसद ओली
कैलाली पोष्ट | २०७६ मंसिर २४ गते १७:४२ मा प्रकाशित
लैगिंक अधिकार प्राप्तीका लागि आफै सक्रिय हुनपर्ने राष्ट्रिय सभा सदस्य कमला कुमारी ओलीले बताएकी छन् । संवैधानिकरुपमा लैगिंक अधिकारहरु सुरक्षित भएपनि अधिकार प्राप्तीका लागि महिला तथा पुरुष आफै सक्रिय हुनुपर्ने बताएकी हुन् ।
कैलालीको लम्कीचुहा नगरपालिकामा लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै सासंद ओली सो कुरा बताएकी हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी सासंद ओलीले नेपालमा संघीय शासन प्रणालीको पहिलो राष्ट्रिय सभाबाट मौलिक हक सहितका थुप्रै ऐन, नियम पारित गरीसकेको अवस्थामा नेपालका लैगिंक समानताका लागि कुनै नयाँ कानूनको आवश्यकता नरहेकाले भएका कानूनलाई प्रभावाकारीरुपमा कार्यान्वयनमा जोड दिनु पर्ने बताईन् ।
महिला अधिकारको हकमा कानूनको उपलब्धता प्रयाप्त भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा र महिला स्वयंम पनि आफ्नो अधिकारको लागि जागरुक नहुँदा अधिकार बाट बन्चित हुने परेकाले यसको लागि महिला आफै सक्रिय भएर आफ्नो हक र अधिकारको लागि पहल गर्नुपर्ने बताईन् ।
त्यसतै नेपाली कांग्रेस लम्कीचुहा नगर सभापती रमा बहादुर बिष्टले लैगिंक हिंसाको अन्तय आफैबाट गरीनु पर्ने बताए । सभापती बिष्टले स्वास्थ्य स्वयंसेविका जनताको प्रत्यक्ष सम्पर्क रहने भएकाले पनि लैगिंक हिंसा अन्तयको लागि उनिहरुलाई परिचालनको लागि स्थानीय सरकारको ध्यान जानु पर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि लम्कीचुहा नगरपालिकाका सचिव लाल बहादुर कुमालले महिला अधिकारका बिषयमा संवैधानिक रुपमा स्पष्ट व्यवस्था भएर पनि राष्ट्रपती, सभामुख र प्रधान न्याधिसको पदमा समेत महिलाहरु पुगिसकेकाले अब घरेलु हिंसाको मात्र अन्तय गर्न बाँकी रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी तथा कैलाली जिल्ला समन्वय सभापती सुर्य बहादुर थापाले सबैले आफ्नो–आफ्नो अधिकार निर्वाधरुपमा प्रयोग गर्न पाउनुपर्छ भन्दै त्यस्को लागि कार्यान्वयन गर्ने निकाय बाट बिषेश पहल हुनुपर्ने बताए । सभापती थापाले लैगिंक हिंसाललाई महिला मात्र हिंसा भनेर बुझ्न नहुने भन्दै यसको अन्तयका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नुर्पो बताए ।
कार्यक्रमका अर्का विशिष्ट अतिथी तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य रतन बहादुर थापाले स्थानीय सरकारका सदस्य समेत महिला हिंसाकृा शिकार भईरहेको बताए । संवैधानिकरुपमा अधिकार पाए पनि त्यसको उपयोगिता गर्न नपाउँदा वा नगर्दा अझै एक प्रकारको हिंसा रहेको बताए ।
“लैगिंक हिंसाको जालो, यसलाई तोड्ने हाम्रो पालो” भन्ने नाराको साथ शुरु भएको १६ दिने लैगिंक हिंसा बिरुद्धको समापन कार्यक्रममा सभाअध्यक्ष तथा लम्कीचुहा नगरपालिकाका उप–प्रमुख टीका थापाले लैगिंक हिंसा भनेको हिंसा गरिनु मात्र नभएर हिंसा लुकाएर बस्नु पनि एक किसिमको हिंसा भएको बताईन् । घर समाज तथा अन्य क्षेत्रमा हुने गरेका हिंसा सहेर बस्ने पनि एक किसिमको हिंसा भएकाले यसको लागि महिला आफै सक्रिय भएर लाग्नु पर्ने बताईन् ।
कार्यक्रमको सञ्चालन लम्कीचुहा नगरपालिका वडा नंम्बर ५ का अध्यक्ष माया बिष्टले गरेकी थिईन् ।