अर्थ
गणपती माइक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडको तेस्रो बार्षिक उत्सव सहारा घरमा
कैलाली पोष्ट | २०७६ मंसिर २४ गते १७:५१ मा प्रकाशित
मदन प्यासी
गणपती माइक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले मंगलबार तेस्रो बार्षिक उत्सव मनाएको छ ।
संस्था तेस्रो बार्षिक उत्सवको अवसरमा लम्की र सुखडको शाखाको आयोजनामा बौनियामा रहेको साहारा घरमा फर्निचर तथा खाद्यान्न सामाग्री बितरण गरिएको हो ।
वितरण कार्यक्रममा बोल्दै गणपती माइक्रोफाईनान्स लम्की शाखा प्रमुख चौधरीले साहारा घरका दीन दुःखीहरुको सेव गर्न पाएको खुशि व्यक्त गर्दै आगामी दिनमा थप सेव गर्ने धोको रहेको बताए । सुखड शाखा प्रमुख समिर रावलले यो भन्दा अगाडि असायहरुलाई सहयोग गर्ने मौका नपाएकोले सानो भए पनि सहयोग गर्न पाउदा खुसि लागेका र अन्य कुनै अन्यबाट भए पनि सहयोगका लागि पहल गर्ने बताए । गणपति माइक्रोफाईनान्सका धिरेन्द्र चौधरीले गणपति माइक्रोफानान्सले तेस्रो बार्षिक उत्सव साहारा घरमा आएर गर्न पाउदा सारै खुसि लागेको बताए ।
साहित्यकार तथा गणपति माइक्रोफाईनान्समा कार्यरत हिक्मत ढकालल सहारा घरमा बिताईरहेका जीवन देख्दा यो देशमा राज्य सरकार नभएको अनुभूती गराएको बताए । त्यसैमा यस संस्थाका सरकारको सहयोग बिना नै एक्लै असाहयको लागि सहार बन्नु भएको भन्दै बल बहादुर बिष्टलाई हृदय देखि हार्दिक धन्यवाद समेत व्यक्त गरे ।
असायाहरुका लागि साहारा घर स्थापना गरेर सडकमा जीवन बिताईरहेकाहरुको साहरा बनेकन मानविय मनका धनि बल बहादुर बिष्टले बितिय संस्थाको सहयोग अतुलनिय रहेको बताए । दिनदिनै सहयोगी हातहरु बड्दै छन् । हामी सम्मान र सलुट गर्न चाहन्छौ देश बिदेशमा बस्नुहुने सम्पूर्ण मानविय मनहरुमा,आज बितिय कारोवार संग संगै सामाजिक उत्तरदायित्व बहन गर्नु भयो यस्ता एक छाक खान,नाना र छाना नहुनेहरुकालागी गणपती माइक्रोफानाईन्सलले बर्दगोरियामा रहेको साहारा घरलाई मन्दिरको रुपमा रोज्नु भयो यसको लागि गणपति माइक्रोफानान्सल लम्की र सुखड परिवारलाई धन्यवाद दिदै आफ्नो अरुलाई पनि सहारा घरलाई सम्झन अनुरोध गरे ।