समाचार
                                
                                    चम्किलो तारा प्राविका विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण
                                
                                
                                     कैलाली पोष्ट | २०७६ पौस १३  गते  १५:३६ मा प्रकाशित
                                    श्री चम्किलो तारा प्राथामिक विद्यालय लम्कीचुहा नगरपालिका ६ बावनपुरका विपन्न बालबालिकालाई फारवेष्ट  यूथ नेपाल लम्की द्धारा शैक्षिक सामाग्री वितरण गरिएको छ । २० जना  बालबालिकालाइ झोला, कापी र सिसाकलम बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् लम्कीचुहा नगरपालिका ६ का वडा सदस्य जमान सिंह देउवा र विशिष्ट अतिथि  लम्कीचुहा नगरपालिकाका स्रोत व्यक्ति टिकाराम जोशीले बितरण गरेका थिए । 
देउसीभैलो खेलेर उठेको रकम बाट सहयोग गरेको फारवेष्ट यूथ नेपाल लम्कीका अध्यक्ष रोशन शाहले बताए । कार्यक्रममा लम्कीचुहा नगरपालिका ६ का वडा सदस्य जमान सिंह देउवा, लम्कीचुहा नगरपालिकाका स्रोत व्यक्ति टिकाराम जोशी, पत्रकार तथा मानव अधकिारकर्मी धनराज बिक, फारवेष्ट यूथ नेपाल चक्र बिक, स्थानीय समाजसेवी नवराज पोख्रेल, चुहा बृहत खानेपानीका अध्यक्ष पदम खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष शेर बहादुर बिष्टले शिक्षाको विकासमा सबैभन्दा बढी लगानी लगाउनु पर्नेमा जोड दिएका थिए । 
 श्री चम्किलो तारा प्राथामिक विद्यालयका अध्यक्ष ढक बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षिका बिस्ना बिसी सपनाले गरेकी थिईन भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक बल बहादुर रावतले राखेका थिए । कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो ।