सुदुरपश्चिम प्रदेश
आफू विरुद्ध गरिएको प्रपञ्च : आकाश गंगा वेभरेज
एजेन्सी | २०७९ श्रावण १ गते १६:१४ मा प्रकाशित
अक्षर सारथी
असार ३१/ लम्की
‘‘कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको’’ विषयमा पानी उत्पादन कम्पनी आकाश गङ्गा वाटर एण्ड बेभरेज इन्डष्ट्रिज बर्दगोरिया कैलालीले आफू विरुद्धको प्रपञ्च भएको बताएको छ ।
सम्बन्धित पक्षबाट उत्पादन प्लान्टको प्रमाणिकरण गरि प्रविधियुक्त उपकरणबाट उत्पादन गरिएका सामाग्रीहरुमा त्यस्तो हुन नसक्ने दाबी कम्पनीले गरेको छ ।
शुक्रबार कम्पनीले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै उसले आफ्नो कम्पनीको विरुद्धमा गरिएको नियोजित प्रपञ्च भएको बताएको हो ।
‘ आकाश गंगा वाटर एण्ड बेभरेज इन्डष्ट्रिज बर्दगोरीया, कैलाली आफ्नो स्थापनाकाल देखि निरन्तर रुपमा आफ्ना ग्राहकहरुको स्वास्थ्य प्रति उच्च संवेदनशील रहँदै गुणस्तरीय शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको कुरा सर्वविदितै छ । प्रमाणित गरिएका आधुनिक प्रविधियुक्त उपकरणबाट उत्पादन गरिदै आएका हाम्रा उत्पादनहरुले ग्राहकहरुको मनसँगै विश्वास जित्दै गएका छन् भने, कम्पनीले आफ्ना उत्पादनहरुलाई थप गुणस्तरीय बनाउनका लागि आवश्यक तयारी गरिरहेको सम्पूर्णमा अनुरोध सहित जानकारी गराउँन चाहान्छौं ।,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यसै विषयमा समाजिक सञ्जाल तथा सञ्चारमाध्यामहरुमा आएका समाचार, टिकाटिपणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाजिक सञ्जाल तथा सञ्चारमाध्यामहरुमा आए जस्तो हाम्रा उत्पादनमा “अखाद्य’’ बस्तु भेटिएको भन्ने सन्दर्भमा सम्बन्धित पक्षबाट उत्पादन प्लान्टको प्रमाणिकरण गरि प्रविधियुक्त उपकरणबाट उत्पादन गरिएका सामाग्रीहरुमा त्यस्तो हुन नसक्ने हाम्रो स्पष्ट धारण छ । यसलाई हामीले नियोजित रुपमा कम्पनीलाई बदनाम गर्न गरिएको प्रपञ्चको रुपमा लिएका छौं ।’
त्यस्तै कम्पनीले सदैव आफ्नो ग्राहकको स्वास्थ्य प्रति उच्च संवेदनशिल छ र रहि रहने भन्दै सम्पूर्ण ग्राहक तथा शुभचिन्तकरूमा यस्ता किसिमका भ्रामक तथ्यहरू भ्रममा नपर्न समेत अनुरोध समेत गरेको छ ।