सुदुरपश्चिम प्रदेश
कैलालीको रणनीतिक महत्वको ‘चिसापनी–खिमडी’ बाटोको शिलान्यास हुँदै
एजेन्सी | २०७९ श्रावण २२ गते १४:०५ मा प्रकाशित
अक्षर सारथी
लम्की/ससाउन २२
कैलालीको पूर्वी क्षेत्रको रणनीतिक बाटोको रुपमा रहेको ‘चिसापानी–खिमडी’ बाटोको शिलान्यास हुने भएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका सदस्य झपट बहादुर रावलबाट सोमबार चिसापानीमा सो बाटोको शिलान्यास हुने भएको हो ।
‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक महत्वको बाटो’ योजना अनुसार संघीय साँसद झपट बहादुर रावलले अत्यावश्यक बाटोको रुपमा रहेको चिसापानी–खिमडी रोजेका थिए । चिसानी–कुईने–सोल्टा, ताम्चा कोल्तडी हुँदै खिमडी सडकको लम्बाई करिब ६५ किमि रहेको छ । अहिले भने पहिलो साढे सात किमिबाटो कालोपत्रे हुँदैछ । ९ मिटर चौडाइको बाटोमा साढे पाँच मिटर चौडाइमा कालोपत्रे हुने छ भने बाँकी रहेको भागमा फुटपाथ र साईड वाल रहने बताईएको छ । २५ करोड बजेट बिनियोजन गरेको बाटोको ठेक्का चैतमा भएको थियो भने सम्झौता भने असारमा भएको थियो । सो बाटोको ठेक्का दिव्यज्योती शाही जे।भीले पाएको छ ।