समाचार
लम्की साङ्गीतिक महोत्सव कार्तिक २ गतेदेखि
प्रशासक | २०८१ असोज ८ गते ०९:२६ मा प्रकाशित
लम्की साङ्गीतिक महोत्सव, २०८१ यही कार्तिक २ गतेदेखि हुने भएको छ । आयोजक संस्था चुलिमालिका साहित्यिक युवा क्लबले सोमबार लम्कीमा पत्रकार सम्मेलन गर्दै लम्की साङ्गीतिक महोत्सव, २०८१ कार्तिक २ गतेबाट सुरु हुने जानकारी दिएको छ । स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारको रहने महोत्सव लम्कीचुहा–२, मोतिपुर बजारको खेल मैदानमा हुने महोत्सवका संयोजक नामकर खनालले बताए । कार्तिक २ गतेदेखि कार्तिक १२ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा कलाकारहरूको प्रस्तुतीसँगसँगै रमाइलो मेला, थारू गाउँ, बाल उद्यान, कृषि उत्पादन प्रदर्शनी समेत रहने संयोजक खनालले जानकारी दिए । त्यस्तै महोत्सव संयोजक तथा चुलिमालिका यूवा क्लबका अध्यक्ष खनालले १ सय ५० स्टल रहने महोत्सवमा ४ लाखले अवलोकन गर्ने बताए । महोत्सव मार्फत लम्कीचुहा सहितका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गराउँदै लम्कीचुहाको समग्र विकासमा योगदान गर्ने उद्देश्य रहेकाले महोत्सवलाई सभ्य र भव्यरूपमा सफल बनाउन सम्पूर्णमा आग्रह समेत गरेका छन् ।