चुलिमालिका क्लबको शव चिस्यानले मृतकका आफन्तलाई सहज
अक्षर साथी | २०८१ फाल्गुन ८ गते १०:२२ मा प्रकाशित
अक्षर साथी
लम्की, फागुन ८ गते ।
कैलालीको लम्कीचुहा नगरपालिका–२, बघनियाँ स्थित श्री चुलिमालिका साहित्यिक युवा क्लबले उपलब्ध गराएको शव चिस्यान सेवाले मृतकका आफन्तलाई ठूलो सहजता प्रदान गरेको छ । विदेशमा रहेका परिवारका सदस्यहरू आफन्तको मृत्यु हुँदा समयमा उपस्थित हुन नसक्नाले अन्तिम पटक अनुहार हेर्न नपाउने अवस्था थियो । तर, अहिले चुलिमालिका क्लबले यही पुसदेखि गाउँस्तरमै शव चिस्यान सेवा यन्त्र उपलब्ध गराएपछि यो समस्या समाधान भएको छ ।
विशेषगरी, छोराछोरी वा अन्य नजिकका आफन्त विदेश भएका व्यक्तिको निधन भएमा, उनीहरू नफर्कुन्जेलसम्म शव सुरक्षित राख्न क्लबको शव चिस्यान प्रयोग हुँदै आएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–२, बघनियाँको श्री चुलिमालिका साहित्यीक युवा क्लबको चिस्यानले मृतकका आफन्तलाई सहजता प्रदान गरेको छ । विदेशमा भएकाले यहाँ आफन्तको मृत्युको हुँदा समयमा पुग्न नसक्दा अन्तिम पटक अनुहार हेर्न पाउँदैन थिए । चुलिमालिका क्लब, यही पुसदेखि बघनियाँले गाउँघर स्तरमै शव चिस्यान उपलब्ध गराएपछि मृतकका आफन्तलाई सहज भएको हो ।
छोराछोरी वा अन्य आफन्त विदेश भएका व्यक्तिको मृत्यु भएमा विदेश भएकाहरू नफर्कुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न क्लबको शव चिस्यानको प्रयोग भइरहेको छ ।
चुलिमालिका युवा क्लबको अगुवाईमा कृष्ण बटालाले २५ हजार, कमल रावल, किरण धमाला र दीपक विष्टले १०/१० हजार सहित १ सय ४ जनाबाट सहयोग जुटाउँदै सो चिस्यान यन्त्र ल्याइएको हो । भारतबाट निर्माण गरि ल्याएको चिस्यान यन्त्रको सेवा अहिलेसम्म ७ जनाले लगिसकेका छन् । शवलाई बढिमा एक हप्तासम्म राख्न सकिने भएकाले टाढा भएका आफन्तलाई सहज भएको छ ।
‘चुलिमालिका युवा क्लबको अगुवाईमा समाजसेवीबाट रकम जुटाउँदै २ लाख ५७ हजार रुपैयाँ शव चिस्यान यन्त्र यहा(बघनियाँ) पुगाएका हौं ।,’ क्लबका अध्यक्ष नामकर खनालले भने, ‘हामीले ग्रामिण स्तरबाटै सेवा पुगाइ दिने भएकाले मृतका आफन्तलाई निक्कै सहज भएको छ ।’
‘क्लबको चिस्यान यन्त्रले हामीलाई सहज भएको छ । हाम्रा आमाको एक्कासी देहान्त भयो । घरमा हामी मात्र थियौं । बुवा, दाजु भारतमा हुनुहुन्थयो । उहाँहरूलाई यहाँ नेपाल आउन चार÷पाँच दिन लाग्ने भयो । चार पाँच दिन आमाको शवलाई कसरी सुरक्षित राख्ने चिन्ता थियो । क्लबले शव चिस्यान केन्द्र घरमै पुगाएपछि बुवा दाजु सहित टाढा भएका आफन्तले आमाको अनुहार हेर्न पाउनु भयो ।’, सेवा लिएकाको भनाई छ ।
पलिकाले गर्नुपर्ने काम स्रोत नभएको गाउँ स्तरको क्लबाट भएको काम देखेर स्थानीय खुशी छन् । ‘भावना र पीडासँगको जोडिएको कार्य हो । देशमा उचित रोजगारको अवसर नभएर नागरिकहरू दोस्रो मुलक, तेस्रो मुलक जाने गरेका छन् । यहाँ(नेपाल) आफन्तलाई केही भइहाल्यो भने तत्कालै उनीहरूलाई नेपाल आउन कठिन हुन्छ । अर्काको देशमा भने जस्तो सजिलो हुँदैन् ।’, स्थानीय दीपक बटालाले भने, ‘हामी सबैलाई आफन्त केही भइहालेमा अन्तिम पटक अनुहार हेर्न धोको हुन्छ । स्रोत साधन भएको पालिकाले यो काम गर्नु पर्ने हो तर, स्रोत नै नभएको चुलिमालिका क्लबले यो महान काम गरेको देख्दा दंग छु ।’
शव चिस्यान यन्त्रको सेवा लिदा सेवाग्रहीले शुल्क तोकिएको छैन् । आफ्नो इच्छा बमोजिम क्लबलाई सहयोग गर्न सकिने क्लबका सचिव बेद प्रकाश ओली बताउँछौं । ‘शव चिस्यान यन्त्र प्रयोग गरे वापत सेवा लिनेबाट हामीले तोकेर शुल्क लिने गरेका छैनौं ।’, सचिव बेद प्रकाशले भने, ‘शव चिस्यान यन्त्रको आवश्यकता पर्यो भने हामीलाई फाने गर्नु हुन्छ । उहाँहरूलाई हामी यन्त्र उपलब्ध गराईदिन्छौं । तोकेर शुल्क लिएका छैनौं । उहाँले इच्छा अनुसारको सहयोग गर्नुहुन्छ ।’
विदेश भएकाहरू नफर्कुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न क्लबको शव चिस्यान यन्त्रको प्रयोग गर्न क्लब अध्यक्ष नामकर खनालको मोबाईल नंम्बर ९८६४६१८६६४ र सचिव बेद प्रकाश ओलीको मोबाईल नंम्बर ९८४८६१३५९३ मा फोन गर्न सकिन्छ ।