समाचार
दलित जनजागरण अभियानको बैठक सम्पन्न
प्रशासक | २०८१ फाल्गुन १७ गते १६:१४ मा प्रकाशित
अक्षर साथी लम्की, फागुन १७ गते । दलित जनजागरण अभियान नेपालको पूर्ण बैठक लम्कीमा शनिवार सम्पन्न भएको छ । बैशाखमा हुने गोलमेच सम्मलेनका सम्बन्धमा आवश्यक निर्णय गर्नको लागि आयोजना गरिएको बैठकको अध्यक्षता दलित जनजागरण अभियान, नेपालका राजेश मयाल(अग्नीशिखा) ले गरेका थिए । बैठकमा सहभागीहरूले दलित अधिकारको रक्षा गर्न, दलित समुदायको उत्थान र सशक्तीकरण गर्नको लागि दलित एक ठाउँमा आउनु पर्ने धारणा राखेका थिए । त्यस्तै बैठकले गोलमेच सम्मेलनलाई सफल बनाउनका सक्रिय भूमिका खेल्नुका साथै, अभियानको कामलाई चुस्तदुरुस्त बनाउका लागि कार्यालयको स्थापना गर्ने निर्णय समेत गरेको छ ।