समाचार
बिरेन्द्र सामुदायिक वनको अध्यक्षमा रोहन
प्रशासक | २०८१ फाल्गुन १९ गते १७:३३ मा प्रकाशित
अक्षर साथी लम्की, फागुन १९ गते । कैलालीको लम्कीचुहा नगरपालिका–२, मा रहेको बिरेन्द्र सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा तिर्थराज ढकाल(रोहन) चयन भएका छन् । लामो समयको रस्साकसीपछि २९ औं दिनमा सहमति जुटेपछि रोहन ढकाल अध्यक्षमा चयन भएका निर्वाचन समितिका संयोजक बिरेन्द्र शाहीले जानकारी दिए ।
त्यस्तै २१ सदस्यीय कार्य समितिको उपाध्यक्षमा गोरख बहादुर रावल, सचिवमा रङ्गा कुमारी भट्टराई, कोषाध्यक्षमा बिन्द्रा देवि तिमिल्सिना, सहसचिवमा खेम बहादुर रोकाया चयन भएका छन् ।
सदस्यमा शेर बहादुर थापा, पंख बहादुर शाही, देवा भण्डारी, जानकी रावल, रेशम बिष्ट, राम कुमार चौधरी, प्रिय प्रसाद कोइराला, मिना देवि महत्तो, पार्वती वयक र डम्वर खनाल चयन भएका हुन् । कबिता शाही, गोविन्द प्रसाद ढुङ्गाना, कौशिला सोडारी, धौली भण्डारी, भुमिसरा शाही र सुमन देवि चौधरीलाई सदस्यमा मनोनित गरिएको छ ।
लेखा समितिमा संयोजक महेश भण्डारी र सदस्यमा बिरेन्द्र राज गिरी, नन्द सिंह भण्डारी, जयसरा शाही, सरिता कुमारी शाही चयन भएका निर्वाचन समितिका संयोजक बिरेन्द्र शाहीले जानकारी दिए ।
निर्वाचन समितिका संयोजक बिरेन्द्र शाहीले निर्वाचन प्रक्रियालाई सहजरूपमा सम्पन्न गर्नमा सहयोग गरेकोमा सरोकारवाला सहित सम्पूर्णमा उपभोक्तामा हार्दिक धन्यवाद समेत प्रकट गरेका छन् ।