समाचार
नगर प्रमुख सुशीलाले आफ्नो जन्मदिनको अवसरमा गरिन् मानवसेवा आश्रमलाई ५१ हजार नगद सहयोग
अक्षर साथी | २०८२ जेठ २९ गते १३:४२ मा प्रकाशित
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले आफ्नो ३९ औं जन्मदिन मनाएकी छन् । बुधवार लम्की स्थित मानव सेवा आश्रममा रहेका बेसहारा, असायकोबीचमा आफ्नो ३९ औं जन्मदिन मनाएकी छन् ।
आश्रममा रहेका २० जना भन्दा बढी बेसहारा, असायकोबीचमा आफ्नो जन्मदिन मनाउँन पाउँदा खुशी लागेको कुरा व्यक्त आश्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्नको लागि आफूले पाएको सेवा सुविधाबाट ५१ हजार नगद रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।
नगर प्रमुख शाहीले जन्मदिनको व्यक्तिगत उत्सवलाई भव्यता र विलासिताको सट्टा मानवीय सेवामा रुपान्तरण गरेकी हुन् । उनले आश्रममा रहेका २० जना भन्दा बढी बेसहारा तथा असहायहरूसँग भेटघाट गर्दै उनीहरूकै माझमा आफ्नो जन्मदिन मनाइन् ।
‘समाजका सबै वर्गको साथ र सेवा गर्नु नै हाम्रो कर्तव्य हो । मैले पाएको सेवा सुविधाबाट केही रकम छुट्याएर यस आश्रमलाई सहयोग गर्न पाउनु मेरो सौभाग्य हो ।’ नगर प्रमुख शाहीले भनिन् ।
मानवसेवा आश्रमका १८ वर्षिय युवा सञ्चालक बिनोद थापाले नगर प्रमुख शाहीप्रति आभार व्यक्त गर्दै भने, ‘नगर प्रमुखज्यूको जन्मदिनमा यस्तो सहयोग पाउनु हामीलाई निकै प्रेरणादायी छ । उहाँको सहयोगले आश्रमको दैनिकी सञ्चालनमा सहजता हुनेछ ।’