समाचार
विश्व वातावरण दिवस : बल्चौरमा २ हजार वृक्षारोपण
अक्षर साथी | २०८२ जेठ २३ गते १४:५६ मा प्रकाशित
अक्षर साथी
लम्की/जेठ २२
प्रत्येक वर्ष जुन ५ अर्थात आजको दिनलाई विश्वभर विश्व वातावरण दिवस का रूपमा मनाइन्छ । सो अवसरमा कैलालीको लम्कीचुहा–३ बल्चौर २ हजार बिरुवा रोपिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह, लम्कीचुहा–३ वडा अध्यक्ष लब बहादुर शाही, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी, नेपाली सेना, विद्यार्थी र स्थानीयको सहभागीतमा बिहीवार मुक्त कमैया सामुदायिक वन क्षेत्र कागती लगायतका २ हजार बिरुवा रोपिएको हो ।
वातावरणलाई बचाइ राख्नका लागि हामी आफै सचेत हुनुपर्ने मुख्यमन्त्री शाहले बताए ।
‘विश्व वातावरणलाई जोगाई राख्नका लागि हामी आफै सचेत बन्नुपर्छ । हाम्रा क्रियाकलापले वातावरणमा परेको असरको नतिजा विपद्मा देखिन थालेको छ । भूस्खलन हुने बेमौसमी बाढी आउने गरेको छ ।’ मुख्यमन्त्री शाहले भने ।
त्यस्तै मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइसराई रोक्नको लागि एकीकृत बस्ती योजनाको काम अगाडि बढेको बताए ।
वृक्षरोपण कार्यक्रमका अतिथिलाई स्वागत गर्दै वडा अध्यक्ष लब बहादुर शाहीले स्थानीयलाई आय आर्जनसँग जोड्ने काम भइरहेको बताए ।
‘आज वातावरण दिवसको अवसरमा यहाँ हामी यहाँ वृक्षरोपण गरिरहेका छौँ । यहाँहरूलाई सबैलाई स्वागत छ । वडा नं. ३ को कार्यालयले यसभन्दा अगाडी पनि बल्चौरमा थुप्रै कागतीका बिरुवा लगाएको छ ,’ अध्यक्ष शाहीले भने, ‘यहाँ हामीले १ हजार कागती बोट रोपेका छौँ । एउटा बोटबाट १० किलो कागती उत्पादन भएपनि हाम्रा स्थानीयको आय आर्जनमा सहयोग पुग्ने छ । यसै सिधान्तमा हामी स्थानीयलाई आय आर्जनमा जोड्ने काम गरिरहेका छौँ’
त्यस्तै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले ग्लोबल बैंक देशकै ठूला बैंक भए हुनुका नाताले सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताए ।
‘ग्लोबल बैंक देशकै ठूलो बैंक हो । आज यस बैंकको १८ औँ वार्षिक स्थापना दिवस पनि हो । यसै अवसरमा हामी देशभरीका विभिन्न स्थानमा १८ हजार बिरुवा रोप्दै छौँ, प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, ‘आज विश्व वातावरण दिवसको अवसरमा यहाँ बिरुवा पाएको हामी भाग्यमानी ठान्दछौँ । त्यस्तै हामीले आफ्ना सामाजिक उत्तरदायित्वका कामलाई निक्कै प्रभावकारी रूपमा कार्यान्वयन पनि गरिरहेका छौँ’
त्यस्तै लम्कीमा रहेका माछापुच्छ«े बैंक, गरिमा विकास बैंक र मुक्तीनाथ विकास बैंकको सहकार्यमा वडा कार्यालय परिसरमा पाँच सय कागतीका विरुवा रोपिएको छ ।