समाचार
लम्कीचुहाको बजेट : १ अर्ब २० करोड
प्रशासक | २०८२ आषाढ़ ५ गते १७:३८ मा प्रकाशित
अक्षर साथी
लम्की/असार ५
कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब २० करोड ९९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । १५ औँ नगरसभाको दोस्रो बैठकमा नगर उप प्रमुख जुना चौधरीले चालुतर्फ ७६ करोड ७५ लाख र पुँजीगततर्फ ४४ करोड ४२ लाख गरि १ अर्ब २० करोड ९९ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।
विनियोजित बजेटमा खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ रु. ४३ करोड ८७ लाख ६० हजार ८ सय ३२, राजश्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १ सय ६८, नेपाल सरकारकाले दिने अनुदान रु. ५५ करोड २९ लाख, प्रदेश सरकारले दिने अनुदान रु. ३ करोड ६१ लाख ६६ हजारलाई राखिएको उप प्रमुख चौधरीले जानकरी दिइन् ।