मोतिपुर विद्यालयमा भएको विवाद के हो ? पर्दापछाडी के छ ?
अक्षर साथी | २०८२ आषाढ़ ६ गते १९:३६ मा प्रकाशित
अक्षर साथी/भरत रिमाल
लम्की/असार ६
कैलालीको लम्कीचुहा नगरपालिका–२, मौतिपुरमा रहेको श्री राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा शुक्रबारमा विवाद भएको छ । विद्यालयको ६२ औंँ वार्षिक उत्सव तथा विद्यालय व्यवस्थापन समिति गठनका लागि हुन गइरहेको अभिभावक भेला औचारिकरूपमा सुरु हुन नपाउँदै एक्कासी विवाद भएपछि झडपको अवस्था सिर्जना भएको थियो ।
दिउँसो ११ बजेका लागि तय गरिएको कार्यक्रम ढिलो गरि साढे बाह्र बजेतिर सुरु भएको थियो । विद्यालयका शिक्षक विष्णु प्रसाद खनालले कार्यक्रम सञ्चालन गर्दै सभा अध्यक्षताको आसन ग्रहणका लागि वडा नं. २ का अध्यक्ष सन्तोष कुमार ओलीलाई अनुरोध गरे । कार्यक्रमका प्रत्यक्षदर्शीका अनुसार खनालले आग्रह गरेसँगै विद्यालयका ‘‘पूर्व निर्वतमान अध्यक्ष’’ प्रेम बहादुर बयकले कार्यक्रम सञ्चालकको माइक आफ्नो नियण्त्रणमा लिएपछि जनप्रतिनिधिको लगायतको विरोध सुरु गरेका थिए ।
‘यस्ता अन्याय अत्याचार गर्न पाइदैन्, यस्ता जनप्रतिनिधि चाइदैन्,’ जस्ता नारा लगाएपछि प्रेम बहादुर बयकसँगरहेकोको माइक पनि खोसिएको थियो । माइक खोसिएसँगै कार्यक्रम हलमा झडपको माहोल र्सिजना भएको थियो ।
विद्यालयको प्रांगणमा रहेका विद्यार्थीहरूले प्रेम बहादुर बयकको समर्थनमा नारा लगाएका थिए ।
पर्दा पछाडिको कथा
प्रेम बहादुर बयक २०७८ साल पुस १४ गते यस विद्यालयको अध्यक्ष बनेका थिए । अध्यक्ष बयक विद्यालयमा आएपछि व्यवस्थापन समिति र विद्यालय प्रशासनको सौहार्दपूर्ण सम्बन्ध नरहेको स्रोतले जानकारी दियो । विद्यालयका नियमित बैठकमा पनि व्यवस्थापन समिति र विद्यालय प्रशासनको वादविवाद भइरहेने गरेको थियो ।
तर विवादलाई उत्कर्षमा पुगाउने ‘कारक’ भनेको २०८१ भदौ ५ बैठकको निर्णय नं. ३ थियो । लम्कीचुहा नगरपालिकाले शिक्षण अनुमति नरहेका शिक्षकलाई हटाउने नीति लियो । त्यसपछि विद्यालयले भदौ १७ गते नगरपालिकालाई पत्र लेख्दै भदौ ५ को निर्णय नं. ३ अनुसार विज्ञापन अनुमति माग गर्ने निर्णय भएको व्यहोरा सहितको अनुमती माग गरेर पत्र लेखेको थियो । तर, यहीबीच निर्णय भएको अर्को दिन अर्थात भदौ ६ गते व्यवस्थापन समितिका ४ जना सन्तोष कुमार ओली, नारायण भण्डारी, लोकेश मयाल र कृष्णा देवि न्यौपानेले निर्णय नं. ३ मा आफ्नो असहमति रहेको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
यसपछि निरन्तर व्यवस्थापन समिति भित्रै निर्णयका विषयलाई लिएर द्ध्रन्द हुदै आएको थियो । यसैमा असोज १ गते अभिभावक भेला माईन्युट लेखिएपनि अधिकांश सदस्य अनुपस्थित बनेपछि कुनै निर्णय नै हुन सकेन । योसँगै नगर शिक्षा नियमावली, २०७५ अनुसार प्रेम बहादुर बयकको कार्यकाल २०८१ पुस १४ गतेस सकियो ।
त्यसयताको करिब ६ महिना पछि यही असार १ गते विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन प्रयोजनका लागि अभिभावक भेला हुने भएको उपस्थितीका भन्दै लागि निर्वतमान अध्यक्षको रुपमा पत्र प्रेम बयकलाई पुग्यो ।
यता प्रेम बयक अहिले पनि आफू नै अध्यक्ष रहेको मान्छन् । यो विद्यालय सहित अरु विद्यालयमा पनि अध्यक्षहरूले ५ वर्षसम्म चलाउन पाउने, लम्की खानेपानी लगायतका संस्थामा कार्यकाल सकिएको वर्षौ हुँदा पनि अध्यक्ष भइरहन पाउने अनि प्रेम बयकले मात्र निर्वतमान बन्नु पर्ने ? भन्ने प्रश्न बयकको छ ।
व्यवस्थापन समितिको अध्यक्षमा रहि रहने प्रेम बयकको चाहाना र अरूले विद्यालय नेतृत्व गर्न पाउनु पर्छ भन्नेहरूको स्वार्थ बाझिँदाको उपज नै आजको विवाद भएको एक अभिभावक बताउँछन् ।
विद्यालयका प्रधानाध्यापक राम सिँह बटाला पदमा दोहोरिनका लागि अनुमोदन भएर आउनु पर्ने बताउँछन् ।
‘एउटै पदमा आजीवन बस्न मिल्दैन । कार्यकाल पुस १४ गते सकिएकाले उहाँलाई मैले निर्वतमान भनेर पत्र दिएको हँु,’ प्रधानाध्यापक बटालाले भने, ‘मैले सहजीकरण गर्दै अभिभावक भेलाको आयोजना गरिदिएको हुुँ । पदमा दोहिरिने भए अनुमोदन भएर आउनु पर्यो’
यता प्रेम बहादुर बयक भने हुकुमी शासनलाई नमान्ने र विधि स्थापनाको लागि निरन्तर लडिरहने बताएका छन् ।