समाचार
लम्की खानेपानीद्वारा ब्याकहोलोडर खरिद गर्न बोलपत्र आह्वान
प्रशासक | २०८२ श्रावण ९ गते ११:४६ मा प्रकाशित
अक्षर साथी
लम्की/साउन ८
लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, लम्कीचुहा–१, लम्की, कैलालीले कार्यालय प्रयोजनका लागि एक थान ब्याकहोलोडर खरिद गर्न प्राविधिक प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
संस्थाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ९ तथा खरिद नियमावली २०६४ को नियम ३१ बमोजिम निर्धारित प्राविधिक प्रस्ताव माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको हो । प्रस्ताव पेश गर्न इच्छुक सप्लायर्सले अधिकृत बिक्रेताबाट निर्यात दरमा (क्याटलग संलग्न) ब्याकहोलोडर खरिद गर्न सकिने जनाइएको छ । प्रस्ताव पेश गर्ने म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तोकिएको छ ।
संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेले पाइपलाइन मर्मत तथा विस्तारलाई प्रभावकारीरुपमा काम सम्पन्न गर्नको लागि ब्याकहोलोडर खरिद गर्न लागिएको हो ।
सूचना हेर्न तथा डाउनलोड गर्नको लागि यहा क्लिक गर्नुहोस् ।