समाचार
लम्कीचुहाले करको जरिवानामा छुट दिने
प्रशासक | २०८२ श्रावण १३ गते ०८:३२ मा प्रकाशित
अक्षर साथी
लम्की/साउन १२
लम्कीचुहा नगरपालिकाले करदातालाई जरिवाना तथा कर छुट दिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को साउन, भदौ र असोज मसान्तसम्म व्यवसाय कर तथा मालपोत कर नतिरी बक्यौता रहेको अवस्थामा जरिवानाको ७५ प्रतिशत छुट दिने निर्णय भएको हो ।
नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ (घ) तथा लम्कीचुहा नगरपालिकाको आर्थिक ऐन २०८२ को दफा १८ र अनुसूची २ र ५ बमोजिम यस्तो छुट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
सूचनामा करदाताहरूले तोकिएको समयभित्र नगरपालिकामा उपस्थित भई आफ्नो कर दाखिला गरिसक्न आग्रह गरिएको छ ।
साथै, नियमित रूपमा कर तिर्ने करदाताहरूका लागि व्यवसाय करमा असोज मसान्तसम्म ५ प्रतिशत छुट र सम्पत्ति करमा पौष मसान्तसम्म १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको जनाइएको छ ।
नगरपालिकाले सबै सम्बन्धित व्यक्तिहरूलाई तोकिएको म्यादभित्र कर बुझाउन आग्रह गरेको छ ।