समाचार
लम्कीचुहामा राष्ट्रिय परिचय पत्र लिन छुटेकालाई पुनः वितरण गरिदै, के चहिन्छ कागजात ?
प्रशासक | २०८२ श्रावण १२ गते १३:१० मा प्रकाशित
अक्षर साथी
लम्की/साउन ११
लम्कीचुहा नगरपालिकामा राष्ट्रिय परिचय पत्र लिन छुटेका लागि पुनः वितरण गरिने भएको छ । लम्कीचुहा नगरपालिका वडा नं. १ देखि वडा नं. ५ सम्मका बासिन्दालाई लक्षित गर्दै यही साउन १२ गतेदेखि १६ गतेसम्म कार्ड वितरण लम्कीचुहाका एमआईएस अप्रेटर दिपेश बजगाईले जानकारी दिएका छन् ।
२०७८ सालमा राष्ट्रिय परिचय पत्र विवरण संकलन भएका व्यक्तिहरूमध्ये अझै कार्ड नलिएका सेवाग्राहीको सहजताका लागि वितरणको समय थप गरिएको बताइएको छ ।
परिचय पत्र लिन छुटेकाहरूले राष्ट्रिय परिचय पत्र आवेदन रुजु फारम र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित लम्कीचुहा नगरपालिकाको कार्यालय भल्काको पञ्जीकरण शाखामा गई राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने छन् ।
नगरपालिकाले तोकिएको म्यादभित्र सम्पर्क गरी आवश्यक कागजातसहित उपस्थित हुन सबै सेवाग्राहीलाई अनुरोध समेत गरेको छ ।