लम्कीचुहाका ८५ प्रतिशत छाउगोठ हटाईए
प्रिन्स बि.क | २०७५ फाल्गुन २८ गते १९:०० मा प्रकाशित
लम्कीचुहा नगरपालिका वडा नं ४ की मनकला अहिले साह्रै खुशी छन् । महिनावारी हुदाँ अर्काको गोठमा सुत्न नपर्ने भएपछि खुशी भएकी हुन् । खुशि हुदै मनकला भन्छन्–“ महिनावारी हुदाँ जहिले पनि अर्काको गोठमा गएर सुत्नुपथ्र्यो । अर्काको गोठमा सुत्न जादा धेरै ग्राहो पनि लाग्थ्यो भने अन्य कुराको डर पनि त्यतिनै । तर अब नगरपालिकाले छाउ गोठमुक्त अभियान नगरपालिकामा संचालन गरे पछि मलाई भने ठुलो फाईदा पुगेको छ । ”
यस्तो खुशी लम्कीचुहा ४ का मनकलाको मात्र नभएर प्राय जसो महिलाहरुमा छ ।लम्कीचुहा नगरपालिकाले समाजमा कुरीती तथा कुसंस्कारको रहेको छाउपडी (महिनावारी) लाई ब्यबस्थापन तथा उन्मुलन गर्ने उद्धेश्यले अभियान थाले पछि मनकला जस्तै महिनावारी हुदा सयौं गोठ बाट घरमा बस्न पाएका छन् । नगरपालिको अभियानमा साथ दिदै महिला स्वयम अग्र स्थानमा आए पछि अभियान सफल हुने देखिन थालेको छ । लम्कीचुहा नगरपालिकामा एक तथ्याकंको अनुसार नगर भरी ९ सय ५० वटा छाउगोठ रहेका छन् । नगरपालिकाले अभियान शुरु गरेपछि १ सय ४२ मात्र बाकीँ रहेको छन् । बाँकी आठ सय आठ गोठ भत्काईसकेको लम्कीचुहा स्वास्थ्य प्रमुख जयन्ती विसी बताउछन् ।
“ यो नगरपालिकाको छाउगोठ हटाउने अभियान भन्दा पनि असुरक्षित तरीकाले घर भन्दा बाहिर बस्नुपर्ने परम्परालाई परिमार्जन गरी घर भित्र सफा र सुरक्षित तरीकाले महिनावारी भएका लाई राख्नु हो । अभियानको उद्धेश्य कसैको आस्था तथा धार्मिक मनोभावनामा चोट पु¥याउनु होईन यस अभियानका उद्धेश्य महिनावारी भएकाहरुले अकालमा ज्यान गुमाउनु नपरोस, दुःखद घटनाको शिकार हुनु नपरोस भनेर यो अभियान थालिएको छ ।
अभियान सफल पार्न महिला स्वास्थ्य स्वयं सेविकाको भुमिका अहम रहको छ । धेरै दुःख भोगेका छन् महिला स्वयं सेविकाले । लम्कीचुहा नगरपालिका वडा नं ७ की स्वास्थ्य स्वयं सेविका पार्वती चौधरी आफ्ना अनुभव सुनाउदै भन्छन् –“कुरीती हटाउन भने जति सजिलो हुँदो रहेनछ । लमकीचुहा नगरपालिकाले नगर क्षेत्र भित्रमा छाउगोठ हटाउने अभियान लिएपछि हामिलाई पनि जिम्मेवारी प्राप्त भयो । वडा नं ७ मा म रहने भएकाले वडा कार्यालयले महिला सदस्यको नेतृत्वमा एउटा समिति बनायो । समितिमा हुन लाई धेरै भए पनि महिला स्वास्थ्य स्वय सेविकाको भुमिका भने धेरै । झन वडा अध्यक्षले त हात नै नलाउने । महिला स्वास्थ्य स्वयं सेविकाले जनतालाई सम्झाउने,बुझाउने देखि लिएर गोठ भत्काउने समेत आफै गरे । कोही बुझेका हुन्थ्य उनिहरुलाई थोरै भने पनि गोठ भत्काउन तयार हुन्थे तर कोही भने धेरै अटेरी हुन्थे । यो प्रथा भनेको गलत हो यसले छारी बहिनीको स्वास्थ्य लाई खतरा छ । घरमा सुरक्षित तरीकाले राख्नुस भन्दा पनि नमान्ने भएपछि गोठ भत्कउन शुरु गरेछि कोही बेसरी रिसाउथे भने कोही देउता(देवता) लागाई दिने भनि गाली समेत गर्थे । एक ठाउँमा(लम्कीचुहा–७ डमरीया ) त कस्तो भयो भन दिउसो गयो गोठ भत्कायो तर साँझ जादा फेरी गोठ बनाएका हुन्थे । तर अहिले खुशी लाग्छ हाम्रो वडाका धेरैले सहयोग गरेर लगभग भए जतिका छाउगोठ भत्काउन सफल भयोैं । युवायुवतिले साथ नदिएको भए हामिलाई अझ धेरै समय लाग्ने थियो होला ।
लम्कीचुहा नगरपालिका म्ध्यका एक मात्र महिला वडा अध्यक्ष मया बिष्टको अनुभव भने धेरै सुखद् छ । अध्यक्ष माया बिष्ट बताउछन् –“ अहिलेको २१ औं शताब्दीमा पनि महिलालाई महिनावारी भएकै कारण घर भन्दा बाहिर राखिरहेको अवस्था थियो । महिला,दलित,जनजातिको समानतका लागि नै हाम्रो विगतको लडाई थियो ।शासन ब्यबस्था परिर्वतन भएपनि यथार्थमा परिर्वतन भने आउन सकेको थिएन । महिलाहरु सामाजिक संस्कारको चपेटमा परेर महिनावारीमा अकालमा कहिले किरा र कहिले ब्यभिचारी मान्छेको शिकार हुनु परेको थियो । तर हाम्रो लम्कीचुहा नगरपालिकाले यस्ता धेरै कुराई बिचार गरेर नगर उप–प्रमुख टीका थापको संयोजनमा छाउपडी गोठ मुक्त अभियान थालिएको हो । मेरो वडामा बिभिन्न युवा क्लब तथा आमा समुह लगायत सामाजिक संघ संस्थाको सहयोगमा छाउपडी गोठ मुक्त अभियान सफल पारीयो । अब नगरपालिकाबाट अुगमन भएपछि घोषणा हुन्छ ।
मलाई धेरै खुशी लागेको छ महिला अधिकारको रक्षा भएको छ भने अब उनिहरु किरा र ब्यभिचारी मान्छेको शिकार हुनुपर्ने छैन ।
लम्कीचुहा नगर प्रमुख महादेव बजगाई लाई पनि यो यति सहज होला जस्तो लागेको थिएन । नगर प्रमुख बजगाई बताउछन् –“ एका तर्फ कसैको आस्था तथा धार्मिक परम्परा लाई नमान्नुस भनेर भन्न सकिदैन । अर्को तर्फ धार्मिक परम्पराको नाममा हाम्री छोरी बहिनी को अकालमा ज्यान गुमाउनु परेको साथै अमानविय घटनाको शिकार हुनु परिरहेको तथ्य पनि हाम्रो सामु रहेको थियो । यस्को अर्थ नगरपालिका र जनताको बिचमा द्धन्द्ध उत्पन्न हुन सक्ने खतरा धेरै रहेको थियो । तर आज आएर नगरपालिकामा रहेका ९ सय पचास छाउगोठ मध्य करीब ८५ प्रतिशत गोठ भत्काउदा समेत द्धन्द्धको स्थिती सिर्जना भइएको छैन । सबैको साथ र सहयोगले गर्दा यो सम्भव भएको छ । पहिला गोठ भत्काउन नमाने पनि जनप्रतिनिधी,समाजसेवी र स्वास्थ्य स्वयं सेविकाले सम्झादा गोठ भत्काएका छन् । महिनावारी जस्तो सामान्य शाररिक प्रक्रियालाई परम्परको नाममा महिला माथि गरीदै आएको अन्यायको अब लम्कीचुहामा समाप्ति हुदै छ । समाजमा कुरीती–कुसंस्कार लाई हटाउनुनै पर्छ । जसका लागि नगर पालिका हरदम तयार छ । लम्कीचुहामा छाउगोठ मात्रै होइन समाजमा रहेको हरेक किसिमका बिभेद लाई अन्त्य गरीने छ । जातिय,लैगिंक,बर्गिय लगायतका बिभेदको नगरपालिकाले अन्त्य गर्ने छ ।