लम्कीचुहा
लम्कीमा चप्पल–जुत्ताको गोदाममा आगलागी, करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति
अक्षर साथी | २०८२ भाद्र २१ गते ११:१४ मा प्रकाशित
कैलालीको लम्कीमा चप्पल–जुत्ताको गोदाममा आगलागी भएको छ।
शनिवार बिहान करिब २ः४० बजेकाे समयमा लम्कीचुहा नगरपालिका–१, टीकापुर रोडस्थित कल्पना ट्रेडर्स एण्ड सप्लायर्स मा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहले जानकारी दिए।
आगो लागेपछि लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। लम्की निवासी कल्पना जैशीले सञ्चाल गर्दै आएको उक्त गोदाममा मुख्यतः चप्पल र जुत्ता भण्डारण गरिएको थियो।
आगलागीका कारण गोदामभित्र रहेका सबै सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ। साथै, आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
*(यस समाचारमा अन्दाजी ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ–सम्पादक)