समाचार
कैलाली हट्यो कर्फ्यू निषेधाज्ञा पनि परिमार्जन
प्रशासक | २०८२ भाद्र २८ गते १२:४० मा प्रकाशित
अक्षर साथी
लम्की/भदौ, २८
कैलालीमा जारी कफ्र्यू हटाइएसँगै निषेधाज्ञालाई परिमार्जन गरिएको छ । जिल्लाको पछिल्लो शान्ति–सुरक्षा अवस्था र परिस्थितिको मूल्यांकनपछि प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गरेका हुन् ।
परिमार्जित आदेशअनुसार अब निषेधाज्ञा जिल्लाभर लागू नभई निश्चित स्थान र शर्तमा मात्र लागू हुने व्यवस्था गरिएको छ ।
सबै सरकारी कार्यालय तथा सुरक्षा निकायका भवन र तिनका परिसर, अत्यावश्यक वस्तु तथा सेवा आपूर्तिका स्थल, मठ–मन्दिर र मुख्य बजार क्षेत्रमा साना वा घरेलु हतियार, लाठी आदि लिएर विरोध, सभा वा जुलुस गर्न नपाइने, निजी घर वा राजनीतिक दलका कार्यालयलाई क्षति पुग्ने गतिविधि निषेध, आम नागरिकको आवतजावतमा अवरोध नगर्ने र जुलुस तथा सभामा बालबालिकाको प्रयोग गर्न निषेश गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आदेशको पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।