समाचार
लम्कीचुहामा पुनः राष्ट्रिय पत्र वितरण गरिदै
प्रशासक | २०८२ असोज २१ गते ११:३६ मा प्रकाशित
अक्षर साथी
लम्की/असोज २१
कैलालीको लम्कीचुहा नगरपालिकामा राष्ट्रिय परिचय पत्र पुनः वितरण गरिदै छ ।
सोमवार नगर पालिकाले एक सूचना जारी गर्दै लम्कीचुहाका वडा नं. १ देखि वडा नं.७ मा यहि असोज २१ गतेदेखि असोज २४ गतेसम्म पुनः वितरण गरिने जानकारी गराएको छ ।
‘२०७८ सालमा राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएका आवेदन फारम अनुसार यस लम्कीचुहा नगरपालिका वडा नं १ देखी वडा नं ७ सम्म राष्ट्रिय परिचय पत्र कार्ड वितरण भइ सकेको व्यहोरा अवगत नै छ यसैबीच राष्ट्रिय परिचय पत्र कार्ड लिन छुट्नु भएका वड नं. १ देखी वडा नं. ७ का वडावासीहरूलाई मध्यनजर गरी यही मिति २०८२।०६।२१ गते देखी २०८२।०६।२४ गतेसम्म छुटेका राष्ट्रिय परिचय पत्र वितरण गर्ने कुरा जानकारी गराइन्छ ।’ नगरपालिकाद्वरा जारी सूचनामा भनिएको छ ।
नगरपालिकाका एमआइएस अप्रेटर दिपेश बजगाईँका अनुसार राष्ट्रिय परिचय पत्र लिनका लागि राष्ट्रिय परिचय पत्र आवेदन रुजु फारम, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी सहित नगरपालिकाको पञ्जिकरण शाखा भल्कामा स्वंयम उपस्थित हुनु पर्नेछ ।
लम्कीचुहामा अझै २४ हजार ५ सय चार वटा राष्ट्रिय परिचय पत्र कार्ड वितरण गर्न गरिनु पर्ने थियो । कति कार्ड बाँकी रहे भन्ने कुराको तथ्यांक नरहेको अप्रेटर दिपेश बजगाईँले जानकारी दिएका छन् ।