समाचार
लम्की महोत्सव मंसिर १० गतेदेखि
प्रशासक | २०८२ असोज २४ गते १०:०५ मा प्रकाशित
कैलाली डेस्क
लम्की/असोज २४
कैलाली लम्कीचुहामा लम्की महोत्सव हुने भएको छ । ‘सम्मुनत लम्कीचुहाको आधार, शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार’ नारा रहेको महोत्सव लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १० गतेदेखि २१ गतेसम्म हुने छ ।
शुक्रवार महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईँले लम्कीचुहाको व्यापारलाई थप चलायमान बनाउन, स्थानीय उत्पादन र संस्कतिको प्रर्वधन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।
त्यस्तै अध्यक्ष चौलगाईँले लम्की महोत्सवलाई सफल बनाउनको लागि सरोकारवाला सबैलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।