देश
एन्जल देउवाकोे न्यायको लागी कैलालीमा शान्तिपूर्ण प्रदर्शन
प्रशासक | २०८२ असोज २४ गते १२:१६ मा प्रकाशित
कैलालीमा एन्जल देउवाकोे न्यायको लागी दीप प्रज्वलन तथा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।
लम्की बाल सञ्जाल कैलालीको आयोजनामा बिहिवार जिल्लाको लम्कीचुहा–१, लम्की चौराहमा दीप प्रज्वलन तथा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा एन्जल देउवालाई न्याय दे, बालवालिकाको सुरक्षाको ग्यारेन्टी गर, बालबालिका माथिको हिंसा बन्द गर, लगाएतका नारा लगाईएको थियो ।
बर्दियाको गेरूवा गाउँपालिका–५, झबहीकी १० वर्षिया भारती (एन्जल) देउवाको कान र घाँटीमा रहेको गहनाको कारण दशैको भोलिपल्ट हत्या भएको खुलेको थियो ।