पुरुषको ज्याला ६ सय महिलाको मात्र ३ सय
प्रिन्स बि.क | २०७५ चैत्र ६ गते ०८:५० मा प्रकाशित
मंगलबार बिहान लम्कीचुहा नगरपालिका (२ मा एउटा घरमा चिनाई काम चल्दै थियो । तीन चार जना बयस्क संगै सकी नसकी ज्यालामा काम गर्दै थिईन ६३ बर्षिय हिरा चौधरी । दैनिक मजदुरीमा काम गर्ने हिराले बिहान ८ बजे देखि साँझ ६ नबजे सम्म छृट्टी पाँउदिन । मजदुरी बाट आफ्नो र आफ्नो परिवार पाल्दै आएकी हिराका लागि यो नै बाच्ने एक मात्र आधार हो । हिरा भन्छन् ( “ छोरीको जन्मेको पाचँ दिनमै श्रीमान बिते । सम्पतीको नाममा सानो घर बाहेक केही छैन , धान लगाउने खेत पनि छैन । सके नसके पनि छोरा छोरीको पेट पाल्नका लागि बाईस बर्ष देखि मजदुरी गर्दै आएको छु । बुड्यौली लगेर हो की कमजोरीले हो राती सुत्दा हात खुट्टा साह्रै दुःखने गरेका छन् । ”
लम्कीचुहा नगरपालिका (२ की यी हिरा चौधरी बिगत २२ बर्ष देखि मजदुरी गर्दै आईरहेकी छन् । पच्चिस रुपैया बाट काम शुरु गरेकी चौधरीले अहिले दैनिक तीन सय रुपैयमा मजदुरी गर्नेगरेकी छन् । संगै समान काम गर्ने पुरुषहरु दैनिक ६ सय रुपैयाका दरले ज्याला पाए पनि हिराले भने तीन सय रुपैया मात्र पाउँछन् । “ढुङ्गा,बालुवाको काम गनुपर्छ काम पनि बराबर नै गछौं तर ज्याला दिदा ठेकेदारले हामिलाई कम दिन्छ लोग्ने मान्छे (पुरुष) लाई बढी दिन्छ । पैसा कम भयो भनि काम छोडिदिउँ भने साझ आफु के खाने छोरा छोरी लाई के खिलाउने भनेर चिन्ता लाग्छ ।” हिरा निराश हुदै भन्नछिन् ।
सानी छारीको जन्मीएको पाँच दिन मै हिराका श्रीमान बिते । त्यती बेलाको अवस्था हिराको लागि जिवनकै कठिन अवस्था थियो । घरमा कमाउने मान्छेको भएको निधनले हिरालाइ आर्थिक,समाजिकरुपमा हल्लाएर राखेको थियो । एक छोरा र दुई छोरी हुर्काउन हिराले दैनिक ज्याला मजदुरी गर्न थालिन । त्यो समयमा पच्चिस रुपैया हिराको ज्याला हुदा पुरुषको पच्चहत्तर रुपैया रहेको हिरा बताउछन् ।
उनले परिवार र आफ्नो पेट पाल्नकै लागि असमान ज्यालमा काम गदै आईरहेकी थिईन भने यता देशमा दश बर्षे जनयुद्ध, ०६२÷०६३ कोे जनआन्देलन, आन्दोलन पछिको शान्ती प्रक्रिया, गणतन्त्र स्थापना हुदै देश संघियता सम्म आईपुग्दा उनको अवस्था भने त्यस्तै छ । अझै पनि बिहाना आठ बजे मजदुरी गर्ने जाने,साँझ ६ बजे मजदुरी गर्न बाट फर्किएर चामल किनेर खाना बनाउने । यस्तैगरी उनको बिगत पच्चिस बर्ष देखि बित्दै गएका छन् । शासन ब्यबस्था जे आएपनि उनको जिवनमा भने परिर्वतन केही आएको छैन् ।
चौधरी भन्छन्– “खै देशमा के परिर्वतन भयो के हामिलाई भने केही पत्तो छैन् । कोही सरकार आएर हाम्रो दुःखमा साथ दिएको भए,काम अनुसारकै ज्याला पाएको भए पो थाहा हुने थियो ।सरकार छ की छैन त्यो पनि थाहा छैन ।”
देशमा भएका हरेक किसीमका परिर्वतन यस्तै किसिमका लागि जनताका लागि हो भन्ने गरिन्छ । तर देशमा जस्तो किसिमकोे शासन ब्यबस्था आएपनि हिरा र हिरा जस्ता कयौं श्रमिकलाई कहिले छोएन । चुनावको समयमा पहिलो प्रथामिकतामा रहने यिनका पिडा समयक्रम संगै सेलाउदै जान्छ ।
लम्कीचुहा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा लम्कीचुहा नगरपालिकाका एक मात्र महिला वडा अध्यक्ष माया बिष्टले आफुले आफ्नो वडा (वडा नं ५) मा समान कामको समान ज्याला लागु गरीसकेको बताईन्् । अध्यक्ष बिष्टले आफ्नो वडामा यस्तो किसिमको विभेदको नरहने समेत बताईन् ।
त्यस्तै लम्कीचुहा नगर उप–प्रमुख तथा न्यायिक समिति संयोजक टीका थापाले आफु यो बिषयमा पहिला देखि गम्भिर रहेको बताउदै कार्यान्यवनमा जटिलता आएको बताईन् । उप–प्रमुख थापाले समान काममा समान ज्याला पाउनु पर्ने अधिकार महिलाको रहेको बताउदै यसलाई पुर्ण रुपमा कार्यान्वयनमा लैजान आफु कटिवद्ध रहेको जानकारी दिईन ।
नारी दिवस तथा महिला श्रमिक दिवसको अवसरमा मन्चमा अभिएर महिला अधिकारकर्मी,नेता तथा देशकै कार्यकारी ब्याक्तिले समान कामको लागि समान ज्यालको बारेमा जती ठुला स्वर चिच्याए पनि दैनिक मजदुरी गर्नेहरुका लागि केही फरक अनुभुती गराउदैन । भाषण गरेको पछिल्लो दिन नै समान कामको समान ज्याला मुद्धा सेलाउन थाल्छ ।
गरिबीले मजदुरी गर्दै आएका हिरा जस्ता लाखौं श्रमिहरुलाई असमान ज्यालाले पिडा माथि पिडा परेको देखिन्छ