समाचार
पिपल चौतारी ग्रामिणको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
प्रशासक | २०८२ पौस १२ गते १६:५७ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस १२
कैलालीको लम्कीचुहा नगरपालिका –५÷७, मा रहेको पिपल चौतारी ग्रामिण विद्युत सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ADVERTISE
.............................................................................................................................................................................
लम्कीचुहा नगरपालिकाकी उप प्रमुख जुना चौधरी, वडा नं.५ की वडा अध्यक्ष माया विष्ट, वडा नं. ७ का वडा अध्यक्ष भगवानदिन चौधरी लगायत सहकारीका शेयर सदस्यको उपस्थितीमा शनिवार संस्थाको आफ्नै कार्यालयमा १७ औँ साधारण सभा समपन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाकी नगर उप प्रमुख चौधरीले विद्युतको कारोवारसँगै मल बीउ बीजन विरण गर्ने योजनामा आफ्नो पूरा सहयोग हुने बताइन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा लम्कीचुहा वडा नं. ७ का वडा अध्यक्ष भगवानदिन चौधरीले संस्थाले सदस्यको हितमा काम गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । साथै, उनले अगामी दिनमा संस्थालाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका थिए ।
कार्यक्रममा संस्थाको आयव्याय प्रस्तुत गरिएको थियो । लेखा समितिका सदस्य कलम कडायतले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले ३७ लाख ३५ हजार ८ सय ४० रुपैयाँ बराबरको कारोबार गरेकोमा बचत ९ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ पुगको छ ।
कार्यक्रमका सभाअध्यक्ष तथा पिपल चौतारी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष एकेन्द्र प्रसाद जैसीले संस्थालाई यहाँसम्म पु¥याउनका लागि दिएको योगदानका लागि सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थामा योगदान पुगाउनेलाई सम्मान समेत गरिएको थियो भने वक्ताहरूले संस्थाको प्रगतिको कामना व्यक्त गरेका थिए ।