समाचार
अन्नपूर्ण सहकारीको १५ औँ साधारण सभा सम्पन्न
प्रशासक | २०८२ पौस १५ गते १५:१५ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस १५
कैलालीको लम्कीचुहा–१, लम्कीमा रहेको अन्नपूर्ण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको आफ्नै नवनिर्मित भवन, लम्कीचुहा–२ मोतिपुरमा मंगलवार संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले संस्था सबैको साझा सम्पत्ती भएकोले यसको संरक्षण गर्नुपर्ने बताइन् । ‘संस्था सबैको साझा सम्पत्ती हो । यो सबै सेयर सदस्य, सञ्चालक समिति, कर्मचारी र बचतकर्ता सबैको हो ।,’ उनले भनिन् ।
ADVERTSIEMNET
.............................................................................................................................................................................
त्यस्तै नगर प्रमुख शाहीले सहकारीबाट लिएको ऋण सहि स्थानमा खर्च गर्दै आफ्ना आर्थिक कारोबारलाई चुस्तदुस्त राख्न अनुरोध समेत गरेकी थिइन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघका कैलाली अध्यक्ष सुरेन्द्र बडुवालले अन्य सहकारीको जस्तो सेयर सदस्य संस्थासंग जोडि रहने नहुने र राज्यको दृष्टिकोण पनि फरक भएकाले बचत तथा ऋण सहकारीको संस्थालाई थप समस्या भएको बताए । साथै, बडुवालले कसैले दिएको भरमा भन्दा पनि संस्थाको शेयर पूँजीको आधारमा संस्था चल्ने भएकाले शेयर सदस्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका सभा अध्यक्ष तथा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयन्द्र प्रसाद जैसीले संस्थाले शेयर सदस्यको हितमा काम गर्ने बताउँदै संस्थालाई यहाँसम्म पुगाउन योगदान दिने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
आर्थिक वर्ष २०८१÷०८२ सम्म आइपुग्दा संस्थाको जम्मा शेयर पूँजी १ करोड ३६ लाख ३ हजार तीनसय पुगेको संस्थाले नाफा ७ लाख १६ हजार १ सय ६६ रुपैयाँ कमाउन सफल भएको छ ।