समाचार
लालरत्न अस्पताल र मेरो माइक्रोफाइनान्सबीच उपचार सेवामा छुट दिने सम्झौता
प्रशासक | २०८२ पौस २५ गते १७:५४ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस २५
कैलालीको लम्कीचुहामा रहेको लालरत्न अस्पताल प्रा. लि. र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । ADVERTISE
.............................................................................................................................................................................
लालरत्न अस्पतालकातर्फबाट सञ्चालक लिलाराज विष्ट र मेरो माइक्रोफाइनान्ससतर्फ बाट बौनिया शाखा प्रबन्धक दिपेन्द्र बटालाले संयुक्त हस्ताक्षर गरिएको म्झौताअनुसार मेरो माइक्रोफाइनान्सका कर्मचारी, ग्राहक सदस्य तथा उनीहरूका आश्रित परिवारका सदस्यहरूले लालरत्न अस्पतालबाट लिने विभिन्न उपचार सेवामा तोकिएको प्रतिशतअनुसार छुट पाउनेछन् ।ADVERTISE
.............................................................................................................................................................................
सम्झौताअनुसार ओपिडी टिकटमा २५ प्रतिशत, औषधि, ल्याब परीक्षण, एक्स–रे र सिटी स्क्यान सेवामा १० प्रतिशत छुट दिइनेछ । यस्तै, अपरेसन सेवामा (रड तथा एनेस्थेसिया शुल्क बाहेक) ५ प्रतिशत तथा एन्डोस्कोपी सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ । अस्पतालको बेड चार्ज र क्याबिन चार्जमा भने २०–२० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सम्झौतापछि प्रतिक्रिया दिँदै लालरत्न अस्पतालका प्रबन्ध निर्देशक लिलाराज विष्टले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा हुनुपर्ने उल्लेख गर्दै यस्ता सहकार्यले सेवा अझ सहज हुने बताए ।
वित्तीय संस्थासँग आबद्ध परिवारहरूले उपचार खर्चको भार कम गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो, उनले भने ।
यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका बौनिया शाखा प्रबन्धक दिपेन्द्र बटालाले सम्झौताले सदस्य तथा ग्राहकहरूको जीवनस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हामी वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि जोड दिन्छौं । यो सम्झौताले हाम्रा सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहजरुपमा प्राप्त गर्न सहयोग पुग्नेछ, उनले भने ।
सम्झौता २०८२ पुस २५ गतेदेखि लागू भई २०८३ पुस २४ गतेसम्मको अवधिसम्म कायम रहने छ ।