समाचार
लम्की लायन्स क्लबद्वारा मानव सेवा लम्कीमा खाद्यान्न वितरण
प्रशासक | २०८२ माघ १ गते ११:०९ मा प्रकाशित
अक्षर साथी
लम्की,पुस ३० गते
कैलालीको लम्कीमा रहेका लम्की लायन्स क्लबका संयुक्त क्लबहरूले मानव सेवा लम्कीमा खाद्यान्न वितरण गरेका छन् ।
मंगलबार लम्की लायन्स क्लब अफ लम्की सहित लायन्स क्लब अफ लम्की क्रियटिभ, लायन्स क्लब अफ एकेडेमिया, लायन्स क्लब अफ लम्की सिटी, लायन्स क्लब अफ लम्की लालीगुराँस र लियो क्लब अफ कैलाली लम्की एनर्जेटिकको संयुक्त आयोजनामा मानव सेवा लम्कीमा १८ हजार रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल सहितका खाद्यान्न वितरण गरिएको हो ।
ADVERTISE
..................................................................................................................................................................
कार्यक्रममा प्रमुख अतिथि तथा सिनियर डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ दीपक कुमार तिमिल्सेनाले ८ सय ७२ जनाको स्वास्थ्य परीक्षणको कुरालाई स्मरण गर्दै लायन्स क्लब आफूभन्दा कम भाग्यमानीलाई केही दिनुपर्छ भन्ने अवधारणा बोकेको क्लब रहेको बताए ।
त्यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा विश्वभरिनै यस्ता मानव सेवाका काम भइरहेको बताए ।ADVERTISE
..................................................................................................................................................................
प्रो इन चिफ एमजेएफ डिल्ली प्रसाद गड्तौलाले सप्ताहव्यापी कार्यक्रमको बारेमा थप जानकारी दिँदै जनवरी तेह्र तारिखमा विश्वभरि नै लायन्स क्लबले मानव सेवाका काम गरिने बताए ।
खाद्यान्न वितरण कार्यक्रमकी संयोजक तथा लायन्स क्लब अफ लम्की लालीगुराँसकी अध्यक्ष सशिरा शाहले मानव सेवा लम्कीमा खाद्यान्न वितरण गर्दा खुसी लागेको बताउँदै सहयोगीदातालाई धन्यवाद व्यक्त गरिन् ।
यसैगरी कार्यक्रम सञ्चालक तथा जोन चेयरपर्सन लक्ष्मण प्रसाद रेग्मीले लायन्स क्लबको मुख्य उद्देश्य ‘हामी सेवा गर्छौं’ भन्ने रहेको बताए ।
लायन्स क्लब लम्कीले लम्की क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।