लम्कीचुहा
                                
                                    भत्ता वडाबाटै वितरण शुरु  
                                
                                
                                     एजेन्सी | २०७६ बैसाख १९  गते  १९:१२ मा प्रकाशित
                                    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.४ ले आफ्नै वडाबाट सामाजिक सुरक्षा भत्ता बितरण कार्य बिहिबार बाट सुर गरेको छ ।सामाजिक सुरक्षा भत्ता लिनको लागी बृद्धबृद्धाहरुले निकै सास्ती खेप्नु परेको अवस्थालाई मध्यनजर गर्दै वडा नं.४ ले लम्कीचुहा नगरपालिका मै पहिलो वडाको रुपमा सामाजिक सुरक्षा भत्ता आफ्नै वडा कार्यालयबाट बितरण गरेको हो।
     गाउँगाउँबाट बृद्धबृद्धा तथा दलित बालबालिकाका संरक्षकहरु लम्कीमा रहेका बिभिन्न बैङ्कहरुमा भत्ता बुझ्नका लागी पुग्ने गरेका थिए । भत्ता बुझ्नकै लागी बैङ्कमा पुगेका बृद्धबद्धाले पालो कुर्दै दिन कटाउदा पनि पालो नआएर समस्या भोग्नु परेको अवस्थालाई निर्मुल पार्न वडामै भत्ता बितरण सुरु गरेको छ । 
  दिन भरी बैङ्कको बाहिर सम्मको लाईनमा भोक प्यास नभनी बस्दा पनि साझ सम्म पालो नआउदा रित्तो हात घरमा फकिर्नु पथ्र्याे,बृद्धभत्ता बुझ्नाका लागी वडा कार्यालय पुग्नु भएको     चौरीपुरकी झुमा देबि क्षेत्रीले दुखेसो सुनाउदै भनिन् ‘‘अहिले वडा कार्यालयले नजिकैबाट सेवा दिदा ठुलो झन्झ्टबाट मुक्त भएका छौ । दोस्रो चौमासिक अन्तरगतको सामाजीक   सुरक्षा भत्ता वडा नं.४ मा महालक्ष्मी बैङ्क लम्की शाखाले बिरतण गर्दै आएको छ । 
  वडाबाटै भत्ता बितरण कार्य निर्वाचनको बेला जनता माझ गरेको प्रतिबद्धता पुरा  भएको वडाअध्यक्ष लाल बहादुर बोगटी बताए। निर्वाचनताका जनता माझ सामाजिक सुरक्षा भत्ता घरदैलो सम्म आएर    बितरण गर्ने छौ भनेर प्रतिबद्धता      गरेको थियौ ।आज त्यो प्रतिबद्धता      पुरा भएको छ । यसै गरि क्रमश रुपमा जनता माझ गरेका बचनबद्धताहरु   पुरा गरिने बताए । ९ सय ८६ जना सामाजिक सुरक्षा सेवा प्राप्त गर्ने लाभग्रही रहेको वडामा  दोस्रो चौमासिक अन्तरगत ४८ लाख ७६ हजार ६ सय रुपैया बितरण हुने वडा सचिब कृष्ण बि.क ले दिए ।