समाचार
अक्षर साहित्य प्रतिष्ठान द्धारा जनकलाकार बिष्ट सम्मानित
एजेन्सी | २०७६ जेठ २६ गते १५:५० मा प्रकाशित
अक्षर साहित्य प्रतिष्ठान कैलाली द्धारा कालीकोटका जनकलाकार पाण्डव बिष्ट सम्मानित भएकाछन् । भाषा, कला साहित्य र गीत संगीतको क्षेत्रमा सक्रिय रहेर सुदूरपश्चिम र मध्यपश्चिमको देउडा गीतमा उल्लेखनिय योगदान पुगाएकोले अक्षर साहित्य प्रतिष्ठान कैलाली द्धारा बिहबिार बिष्ट लम्कीमा सम्मानित भएकाहुन् । अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार यवं अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार बुद्धिप्रसाद खनाल बिपी रहेका थिए ।
जनयुद्धमा जनताको गरिबी, अभाव,शोषण, उत्पीडन पिरमर्का र दुःख सुखका गीत गाउँदै जनप्रिय बनेका बिष्ट अहिले आफै थला परेकाछन् । सानै उमेरमा आमा बुवा गुमाएका बिष्ट देशको मुहार फेर्नलाई जनय’द्धमा होमिय । जनताका गीत गाउँदै क्रान्तिमा लागेका बिष्टको जीवन अहिले न घरको न घाटको भएको छ ।
ढाडमा समस्या देखिएकोले उनी सिधा उभिन सक्दैनन् , अरुकै सहयोगमा उठ्ने बस्ने र आवत जावत गर्ने बिष्टको निजिकको साथी लौरी बनेको छ । उपचारमा धेरै रकम लाग्ने भएकोले गरिबीका कारण उपचार गर्न नसकेको बिष्ट बताउँछन् । जनयुद्धकै बेला विवाह गरेका बिष्टको वैवाहिक जीवन सफल हुन सकेन । उनी अहिले एक्लै दुःखका दिन बिताईरहेकाछन् ।
कलाकार बिष्ट कैलाली आएको अवसरमा उनको स्वास्थ्य उपचारको लागि सहयोग संकलन गर्न अक्षर साहित्य प्रतिष्ठान कैलाली र नरहरीनाथ लोक साँस्कृतिक समूहको संयुक्त आयोजनामा जेष्ठ २२ गते लम्की बसकार्कमा देउडा महोत्सब आयोजना गरेको थियो। पाण्डव बिष्टका देण्डा गीत स’न्नलाई आएका सयौं दर्शकले उनको उपचारको लागि दिल खोलेर आर्थिक सहयोग गर्दै बिष्टको स्वास्थ्य लाभको कमना गरेको अक्षर साहित्य प्रतिष्ठान कैलालीका अध्यक्ष धनराज अविरलले बताए . जन कलाकार बिस्ना बिसी सपनाले जनयुद्धको बेला पाण्डव बिष्टको महत्वपूर्ण योगदान र भूमिकाको बारेमा बताउँदै जनकलाकारको दुःखत जीवनका बारेमा रुदै चर्चा गरेपछि दर्शकहरु आँशु झारेर रोहेका थिए । सपना बिसीले राज्यले बिष्टको उपचार गनर्’पर्ने भन्दै कलाकारको सम्मान गर्नु पर्नेमा जोड दिईन् ।
कलाकार सम्मान कार्यक्रमका प्रमुख अतिथि अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार यवं साहित्यकार बुद्धिप्रसाद खनाल बिपी ले जनताका गीत गाँउँदै नेतालाई सत्तामा पुगाउने कलाकारले आफु बाँच्नको लागि भौतारिनु दुःखत रहेको बताए । राज्यले कलाकारको सम्मान जनक ब्यबहार गनर्’पर्ने बिपी बताउँछन् ।