लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को वडा भेला सम्पन्न उपभोक्ता समिति गठनमा जनप्रतिनिधीको हस्तक्षेप
धनराज बि.क अबिरल | २०७६ जेठ २६ गते १८:४५ मा प्रकाशित
लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को वडा भेला आर्थिक बर्ष २०७६ र ७७ को योजना छनौट गर्दै आईतबार पिपरकोटीमा सम्पन्न भएको छ । गाँउ टोल भेला बाट आएका जनताको आवश्यक्ताको योजनालाई समाबेश गरी छुटेका केही योजनालाई समेटेर वडा भेला सम्पन्न भएको हो ।
वडा भेलाबाट अनुमोदन भएका योजनाहरुहलाई ईमानदारिपुर्वक कार्यन्वयन गर्न स्थानीय सरकारको जनताले ध्यानाकर्षण गरेकाछन् । बिगतमा आफू अनुकुल मनोमानी योजना छनौट भएकोले आगामी दिनमा तेसो नगर्न जनप्रतिनिधीलाई सचेत गराएकाहुन ।
लम्कीचुहा नगरपालिकाका नगरप्रमुख यवं कार्यक्रमका प्रमुख अतिथि महादेव बजगाईले जनताको आवश्यक्ताको आधारमा योजना छनौट गरी कार्यान्वयन गर्ने बताएकाछन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा पिउने पानीको समस्या भएकोले शुद्ध पिउने पानीको योजना लाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
जनताले सरकार संचालन गर्ने जिम्मा दिएकोले जनताकै हितमा सरकारले जनताको चाहाना बमोजिम काम गर्ने बजगाईले बताए । स्थानीय सरकार राम्रो बनाउनको लागि जनताले जनप्रतिनिधीको कामको रचनात्मक आलोचना गर्नुपर्छ । विकासका काममा सबै एकसाथ मिलेर अगाडी बढ्नुपर्छ र विकास बिरोधी गतिबिधी सचेत नागरिकले गर्न नसुहाउने बजगाई बताउँछन् । लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यवं कार्यक्रमका विशिष्ठ अतिथि कृष्ण बहादुर खड्काले लम्कीचुहामा जनताको सकारात्मक बुझाई र सहयोगले विकासका कामले गति लिएको बताए ।
वडा भेलामा सहभागी जनताले बिगतमा सम्पन्न भएका विकास निमार्णका कार्यक्रमको प्रभावकारी अनुगमन नभएको बताएका थिए । भौतिक विकासमा मात्र बजेट बिनियोजन भएकोले सामाजिक विकासमा पनि स्थानीय सरकारले लगानी गर्नुपर्ने बताए ।
शिक्षक यवं समाजसेबी बुद्धिजिबी प्रताप सिंह थापाले विकास नमार्णका काममा उपभोक्त समिति गठन गर्दा जनप्रतिनिधीको हस्तक्षेप हुने गरेको बताए । आफू अनुकुलताका ब्यक्तिहरु नियम बिपरित उपभोक्ता समितिमा ल्याउने प्रकृया गलत भएको थापाले बताउदै जनप्रतिनिधीको यस्तो बयवहारले सर्वसाधरण जनतालाई दुःखी बनाएको उनी बताउँछन् ।
श्री शम्भु सुनन्दा युवा क्लब चैनपुरका अध्यक्ष लोग बहादुर बिकले दलितहरुको बाहुल्यता रहेको वडामा सामाजिक विकास अन्र्तगत लक्षित समुदाय दलितका योजना नपरेकोमा आपत्ति जनाए । त्यसै गरी चक्र बहादुर देउबाले लम्कीचुहा नगरपालिकामा ३० फुट बाटो चौडाको एकरुपता कायम हुन नसकेको बताउदै स्याउले बजारको मूल गेटमै बाटोको मापदण्ड पूरा नभएको बताए । बागमारा, तिल्का, बावनपुर र चैनपुरमा मापदण्ड अनुरुपकै बाटो मर्मत गरिएको र स्याउले बजार देखि तिल्का सम्म मापदण्ड मिचेर काम भएकोले एकै ठाउँमा असमान ब्यवहारले जनतालाई अन्याय भएको देउबाले बताए ।
लाली गुराँस सामुदायिक बनका अध्यक्ष बल बहादुर बुढाले विकासका नाममा जनताको आँखामा छारो हाल्ने काम नगर्न स्थानीय सरकार लाई सचेत गराए । नाताबाद, कृपाबाद र आफ्ना आसेपासेलाई मात्र अवसर दिइएको छ । सर्वसाधरण जनताले के पाएकाछन् ? कुन समितिमा रहेर काम गरेकाछन् ? उनले स्थानीय सरकारलाई प्रश्न तेर्साए । बाटो चौडा गर्ने क्रममा ठूलाबडाका घर नतोड्ने गरिब जनताका घर भत्काउने काम राम्रो नभएको बुढाले बताए ।
वडा नम्बर ६ बावनपुरका रतीलाल बिकले चुनाबको बेला बिभिन्न खालका आशा देखाएका जनतालाई निराश बनाउने काम जनप्रतिनिधीले गर्न नहुने बताए । विभेदपूर्ण ब्यवहारले काम भएकोले समान रुपमा सबै समेटिने गरी समाजमा काम गर्दा प्रभावकारी हुने बिक बताउँछन् । नेपाली काँगे्रसका जुगराम चौधरीले लम्कीचुहामा पृथक रुपमा राम्रो काम भएको बताउछन् भने नेकपाका ढक बहादुर बिकले बिभेदपूर्ण अवस्थामा देशको विकास नहुने भन्दै सामाजिक बिभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
वडा भेलामा गणेश खड्का, शेर बहादुर बिष्ट, गणेश चन्द«, हरी ओली, पदम खड्का, कला बिक, भद« भण्डारी, दिल बहादुर ओली र धर्मदत्त न्यौपानेले आफ्नो विचार सहित सुझाब राखेका थिए ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यपालिका सदस्य यवं वडा सदस्य भिमा चौधरीले गरेका थिए