हुरीले घर भत्काएपछि परिवारको बिचल्ली
प्रिन्स बि.क | २०७६ आषाढ़ १ गते ०७:४५ मा प्रकाशित
हरेक दिन जस्तै २३ गते बिसरता चौधरी आफ्नो सानो परिवारको पेट पाल्नका लागि इट्टा भट्टामा मजदुरी सकेर साझ घरमै थिईन् । १२ बर्षिय छोरा सरोज चौधरी र ८ बर्षिय छोरी सुस्मिता चौधरी लाई खाना खिलाएर सुत्ने तयारी गर्दै थिईन् बिसरता तर, आकाशमा बडारीएको कालो बादलले बिसरताको मन पनि आत्तिएको थियो । आफ्नो सानो भुसको घर लाई उडाउने डर थियो उनलाई । भयो पनि त्यस्तै, २३ गते राति करीब ९० किमि प्रतिघण्टाको गतिमा कैलालीमा आएको हुरीले बिसरताको घरलाई पहिलो झट्कामै ध्वस्त बनायो । आत्तिएर नजिकै रहेको फुपुको घरमा गएर बाचेको उनका १२ बर्षिय छोरा सरोज चौधरी बताउछन् । लम्कीचुहा नगरपालिका वडा नं ६ मा बस्ने बिसरताको परिवारको लागि त्यो भन्दा ठुलो विपत केही थिएन । किनकी , बिसरतका श्रीमान् छैन्न्, उनि आफ्नो र आफ्नो परिवार पालनको लागि ईट्टा भट्टामा ईट्टा बोक्ने काम गर्छिन् । दैनिक तीन सयको ज्यालमा काम गर्ने चौधरीको जिवन त्यही तीन सयको भरमा चल्दै आएको छ । त्यसैमा उनको घर लाई हुरीले पुर्णरुपमा ध्वस्त बनाए पछि हुरीले उनि र उनको परिवारको जीवन बिचल्लीमा परेको छ । घरमा भएको चामल पानीमा भिजेका छन् भने लुगााफाटा हुरीले उडाएर लगे पछि उन लाई यति खेर कहाँ जाने, के गर्ने केही पत्तो छैन् । बिसरता फरक क्षमता भएका कारणले स्पष्ट रुपले बोल्न
.विपतमा पनि प्रक्रिया पुगाउनु पर्ने ःवडा कार्यालय
.१० दिन देखि अर्काको घरमा
.विपतमा ढिला सुस्ती
.खाने चामल समेत छैन्
.रहातको नाममा केही पाएनन्न् .
सक्दैनन्न् । बिसरताको बोलेको बुभmन् सकिएन तर उनका १२ बर्षिय छोरा सरोज चौधरीले भने –“ हुरीले एकै झट्का घर भत्काईदियो । घरमा भएका खानेकुरा पानीले भिजाएर बर्बाद गरीदियो । लुगा कपडा पनि हुरीले उडाएर लगिदियो । मेरो विद्यालय जाने लुगा समेत हुरीले उडाईदियो । चामल किनेर खाने रुपैया छैन्, आमाले मजदुरी गरेको रुपैया ईट्टा भट्टाले दिदैन् । तीन महिना भन्दा बढी काम गरेको रुपैया दिएको छैन । १० दिन देखि अर्काको घरमा बस्दै आएका छौ राहतको नाममा केही पनि पाएका छैनौ । बिसरताको जीवन लाई अर्को शब्द भन्नुपर्दा दुःख हो जस्तो लाग्छ । राम्रो संग बोल्न नसक्ने बिसरताका सन्तानहरु सानै हुदाँ बिसरताका श्रीमान बिते । श्रीमान् बितिसकेपछि केटाकेटी बिरामी हुदाँ लागेको खर्च तिर्न नसके पछि आफु संग भएको जमिन बेचेर तिरीन् र सकुम्बासी बनिन्न् । माईतीले दया मानेर लम्कीचुहा नगरपालिका वडा नंम्बर ६ को गुलरामा बाटोको छेउमै सानो जमिन किनेर घर बनाई दिए । माईतले किनेको जमिनमा घर बनाईन् । घर बनाए पनि बर्षामा घर डुबान हुने गरेको थियो । अहिले त त्यो घर पनि छैन् । बिसरता चौधरीका श्रीमान बिते पछि उनि जिविकोपार्जनका लागि नजिकै रहेको एक ईटा उद्योगमा काम गर्छन् । ईटा बोक्ने मजदुरको रुपमा काम गर्ने चौधरीले दिन भरीको ज्यालाको रुपमा मात्र तीन सय रुपैया पाउदै गरेकी छन् । दैनिक तीन सय रुपैयाको भरमा उनको तीन जनाको परिवार पालिदै आएको छ । तर, त्यही मजदुरी गरेको पैसा समयमा नपाउँदा उनको परिवार थप पिडा छ । त्यसैमा वडा नंम्बर ६ को कार्यालयले भने जस्तो सुकै अवस्थाका भएपनि प्रक्रिया पुगाएर मात्र राहत दिईने जनाएको छ । वडा अध्यक्ष नेत्र मगरले रहात दिने तय भएको छ तर उनले प्रक्रिया पु¥याउनु पर्छ । विपतका अवस्थामा नागरिकलाई तत्काल रहातको आवश्यकता रहेको हुन्छ । ढिला गरि पाएको राहत प्रभावकारी नहुने जानकार बताउछन् । दिन भरी मजदुरी गरेर साझ घरमा सुत्नलाई छानो छैन, खान लाई गाँस छैन् । विपतमा राज्यको मजबुत उपस्थिती हुनुर्पेमा प्रक्रिया मिलाएर आउ भनेर फितलो उपस्थितीले जनतामा ब्यबस्था फेरीए पनि अवस्था नफेरीएको अनुभुती भएको छ ।