लम्कीचुहा
अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न
एजेन्सी | २०७६ आषाढ़ १३ गते १७:५९ मा प्रकाशित
मंगल बास्कोटे
बाल प्रतिभाको खोजीका निमित्त कैलालीको प्रतापुरमा अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । लम्कीचुहा नगरपालिकाको प्रयाजनमा र श्री सरस्वती माध्यामिक बिद्यालय प्रतापपुरको आयोजनामा शिक्षा शाखाको बार्षिक कार्यक्रम अन्तरगत लम्कीचुहा नगरपालिका अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजनाा गरिएको हो । ‘‘भाषा,कला,संस्कृति हाम्रो पहिचान,बाल प्रतिभाको खोजी नगरको अभियान‘‘ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा बिद्यालयको सहभागिता रहेको थियो । जस्मा लम्कीचुहा नगरपालिका वडा नं.५ तिलकपुरमा रहेको जन श्री प्रभात माध्यामक बिद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरी श्री बालसेवा माध्यामिक बिद्यालय लम्कीचुहा नगरपालिका ७ चाँकावाडी दृतिय, आयोजक श्री सरस्वती माध्यामिक बिद्यालय प्रतापपुरले तृतीय स्थान प्राप्त गरेको छ । भने श्री सरस्वती माध्यामिक बिद्यालय कौवापुरले सान्त्वनामा चित्त बुझाउनु परेको छ । प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुने बिद्यालयलाई मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । सरस्वती माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर चौधरीको अध्यक्षतामा सञ्चालन भएको अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिताको प्रमुख अथितिमा लम्कीचुहा नगरपालिका नगर उप–प्रमुख टीका थापा रहनु भएको थियो । बिशिष्ट अथितिमा नगर कार्यपालिका सदस्य नयाँ राम टमट्टा,नगरपालिका शिक्षा अधिकृत नारायण प्रसाद खनाल अथितिमा योग समिति सदुरपश्चिम प्रदेशका महासचिब देब बहादुर मल्ल लगाएतका रहनु भएको थियो । बिद्यालयका प्रधानाध्यापक ठण्डराज जोशीको स्वागत मन्तब्य बाट सुरु भएको अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिताको सञ्चालन शिक्षा शिद्धराज जोशीले गर्नु भएको थियो । प्रधानाध्यापक जोशीले सहभागि सम्पुर्ण बिद्यालयलाई सहभागिताका लागी धन्यावाद ज्ञापन गर्नु भएको थियो । नगरपालिका शिक्षाका शाखाको बार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतका यस्ता प्रतिभाको खोजी गर्ने कार्यक्रम आगामी बर्ष पनि आयोजना गर्ने प्रधानाध्यापक जोशीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।