मागेर खादैन्न् , भत्ताले पुग्दैन
प्रिन्स बि.क | २०७६ श्रावण १३ गते २०:०८ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपलिका वडा नंम्बर ४ बलिया बजार देखि करीब ८ सय मिटर दक्षिण तर्फ एउटा सानो भुसको घर छ । त्यो भुसको घर हो दुखराम चौधरीको । श्रीमती र छोरा सहित तीन जनाको परिवार छ दुखराम को । तीन जनाको सानो परिवार लाई अवको समयमा सुखी परिवार मान्न सकिएला तर दुखरामको नाम जस्तै उनको र उनको परिवार पनि दुखमा नै छ ।
तत्कालिन बलिया गाविसकै वडा नं २ बलियमा बि.सं २०३६ सालमा जन्मीएका दुखरामका ६ भाई बहिनी छन् । दैवको लिला, छ जान भाई बहिनीमा उनि मात्र जन्मजात दिृष्टिविहीनको रुपमा जन्म भयो । समय बिस्तारै बित्दै गयो तर उनि जन्मजात नै दिृष्टिविहीन भएपछि उनको संसार हेर्ने सपना पुरा नै हुन सकेन । उनि भन्छन् –“ मेरो २०३६ सालमा जन्म भएको हो । मेरा ४ दाजु भाई र २ दिदि बहिनी हुन् । ति मध्य म मात्रै जन्मजात नै दिृष्टिविहीन भए । संसार कस्तो छ भन्ने कुरा थाहा नै पाउन सकेन । संगैका साथी भाई विद्यालय गए पनि आफ्ना लागि सधै विद्यालयका ढोका बन्द सरह नै भए । जीवनमा मेरो परिवार र अध्यारो नै मेरो जीवनका साथी हुन् । चाड, तिहारको दिनमा सधै रमाईलो हुन्छन् भन्नेको सुनेको छु तर कस्तो हुन्छ मैले अहिले सम्म चाल पाएन सायद जीवन भर चाल पाउने छैन् ।
समय संगै दुखरामका दिन पनि बिस्तारै ओरालो लाग्न थाले । संगै साथी भाई आफ्नो जीवनलाई अगाडी बढाई रहेका थिए । उनलाई पनि आफ्नो जीवन अब नयाँ ढङ्गबाट शुरु गर्नु पर्छ लाग्यो र उनले बि.सं २०६९ सालमा हालको जोशिपुर गाउँपालिका वडा नंम्बर ३ भित्रयैया बाट बालकुमारी लाई आफ्नो जीवन संगिनी बनाए । उनले आफ्नो जीवन संगिनीको रुपमा चुनेका बालकुमारी पनी उनि जस्तै जन्मजात नै दिृष्टिविहीन छन् । बालकुमारीले घर गर्नु पर्ने सबैक गर्छन् । आफ्नो परिवारको लागि खाना पकाउने, सरसफाई गर्ने काम गर्छन् तर अन्दाजको भरमा । तर घर परिवार चलाउन सधै ग्रहो हुन्छ बालकुमारी लाई । मासिक ६ सय रुपैया दिने सरकारको भत्तामा उनको परिवार पालिदै आएको छ । दुबै दिृष्टिविहीन भएपछि उनिहरुले मासिक एक जनाको ६ सयका दरले पाउने गरेका छन् । तर बालकुमारी लाई जहिले पनि चामल,नुन, तेल जोड्न मै समस्या हुन्छ । उनि भन्छन् –“ हामी दुबै जना दिृष्टिविहीन छौ , काम गर्न कसैले सक्दैन । बरु कमै खाने कमै लाउने तर मागेर खान मेरो आत्माले मलाई दिदैन् त्यसैगरी काम, ईलम नभएपछि घर खर्च चलाउन सकिने कुरा नै भएन । अब त झन् ६ बर्षको छोरा पनि छ । हामी दुई बुढाबुढी(श्रीमान÷श्रीमती) खाना नभएको दिनमा भोकै बस्न सकिने थियो । तर , यो बच्चा लाई कसरी भोकै राख्न सक्ने । सरकारले हामी लाई अपाङ्गको रुपमा निलो कार्ड दिएको दिएको छ । त्यो कार्ड वापत सरकारले हामी लाई मासिक ६÷६ सयका दरले दिन न त दिन्छ तर चौमासिक रुपमा दिन्छ । चौमासिक रकम आउने भएकाले हाम्रो सधै तिहार बिगारी दिन्छ । सबैले तिहारको बेला मिठो मसिनो खान्छ । लुगा किन्छन् लगाउँछन् आफुरुहरुले भने बर्षको एक पटक मिठो मसिनो खाने दिनमा पनि किहिलै खान पाईएन । बर्षभरीमा आफु दृष्टिबिन्द हुनुको सबै भन्दा बढी पिडा त्यतीखेर हुन्छ । सरकारले चाड,तिहारको समयै भत्ता दिने ब्यबस्था मिलाए भने राम्रो हुने थियो । चैमासिक आउँदा सपटी गरेर घर परिवार चलाउनुपर्छ पछि भत्ता आएपछि ती सापटी लगेको पैसा फिर्ता गर्दा आफुलाई दुःख ग्रहो पर्दा पैसा नै हुनैन ।
दुखरामको परिवार लाई सबै भन्दा बढि आपत उनको परिवारमा कुनै पनि बिरामी हुदाँ हुन्छ । औपधी उपचार गर्ने उन संगै पैसा हुदैन् । एक पटक बिरामी हुदाँको कुरा लाई याद गर्दै दुखराम सम्झदै भन्छन्–“ केही समय अगाडी म सिकिस्त बिरामी भएको थियो । उपचार गर्न लाई आफु संग पैसा नै थिएन । आम्दानीको स्रोत केही छैन् । सरकारी भत्ता बाहेक अरु केही बिकल्प छैन् । चौमासिक रुपमा आउने भत्ताले घर खर्च नै पुग्दै कुनै बेला सापट लिएर घर खर्च चलाएको भए पछि भत्ता आउदाँ त्यो पैसा फिर्ता गर्नु पर्छ । अपाङ्ग भएका कारणले सजिलो गरि पैसा सापट दिन पनि मान्दैन्न् । यसरी आफु र आफ्नो परिवार बिरामी भए पछि औपधि उपचार गर्न पैसा हुदैन् । बिरामी हुदाँ अपाङ्ग समाज कैलालीका अध्यक्ष प्रेम बयकको सक्रियतामा आफ्नो स्वास्थ्य उपचार गर्न सकियो नत्र अकालमै ज्यान जाने थियो ।
तर,दुखराम र बालकुमारीको जीवन जती दुःखदायी भए पनि उनिहरुको जीवन जति अन्धकार भए पनि उनका एउटा आशा किरण भने बाकीँ नै छन् । उनि हुन शिशिर चौधरी ।
दुखराम र बालकुमारी विवाह भएको एक बर्ष पछि उनिहरुले आफ्नो सन्तानको रुपमा शिशिर चौधरी लाई पाए । शिशिर अहिले स्थानिय नवजीवन प्रथामिक विद्याय मेलडाडा मा अध्यन गर्छन् । दुखराम र बालकुमारी उनलाई राम्रो शिक्षा दिक्षा दिन चाहान्छन् तर के गरुन् उनिहरुको आम्दानीले त्यो कुराले पुर्ति गर्न सक्दैन् ।
बालकुमारी भन्छन्–“ हाम्रो जीवन त यस्तै अन्धकारमा बित्यो । संसार नै नदेख्न नपाई हामीले हाम्रो जीवन बाचिसक्यौं । तर, हाम्रो छोराले राम्रो संग पढेर यो संसार लाई देख्न पाओस भन्ने इच्छा । छोराले राम्रो संग पढ्यो डाक्टर बनाउने छ । तर आफ्नो क्षमता छैन् उसलाई यति सम्म पढाउने सकिदैन् । छोरा डाक्टर भएको हेर्ने ठुलो रहर छ । ”
शिशिरकी आमा अनलाई डक्टर बनाउने सपना बोके पनि उनका बुवा दुखराम चौधरी भने फरक खाल्को आशा राखेका छन् । दुखराम भन्छन् –“ छोराले राम्रो संग पढेर आफुले चाहेको बनोस तर हामीहरुको सेवा गरोस । हाीहरु जस्ता दीनदुखीहरुको सहयोग गरोस । यसलाई राम्रो शिक्षा दिने त मन थियो तिर के गर्नु आफ्नो क्षमताले त्यो सकिदैन । विद्यालयले पढाई मात्र निशुल्क गरिदिएको छ तर , कपी ,किताब, कलमको जोहो आफै गर्नु पर्छ । कपी,कलमको जोहो गर्न अफ्ठयारो पर्छ उच्च शिक्षा हासिल गराउन त हामी लाई गा्रहो नै हुने होला । जति पढे लेख गरे पनि उ राम्रो मान्छे बनेर हाम्रो र हामी जस्ता दीनदुखीहरुको सहयोग गरदिए हुन्थ्यो ।
निलो कार्ड भएका दुखराम चौधरी लाई आफु अन्यायमा परेको महसुस भएको बताउछन् । दुबै आँखा नै नभएकाहरुलाई निलो कार्ड दिनु न्यायचित होईन। आँखा नै भएन भने केही गर्न सकिदैन । धनि घरका बृद्धाहरुले बृद्धा भत्ता वापत मासिक दुई हजारका दरले उनिहरु लाई भत्ता दिईनन्छ जबकी उनिहरुले कसैको साहरा नलिएर हिडडुल गर्न सक्छन् । हामी भने अर्काको सहारा नलिएर हिडडुल गर्न सकिदैन् । नगरपालिका स्याहार भत्ता वापत मासिक ५ सय रुपैया दिने भएकाले पनि केही सहयोग भएको छ तर हामी जस्ता रातो कार्ड दिनुपर्छ ।