देश
                                
                                    डोटीमा बन्दुकको गोली लागेर एक जनाको मृत्यु
                                
                                
                                     एजेन्सी | २०७६ श्रावण १९  गते  १५:२४ मा प्रकाशित
                                    साउन १९,
डोटीमा जगंली जनावरलाई भगाउन चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। शनिबार राति पौने ११ बजेको समयमा आदर्श गाउँपालिका वडा नम्बर ५ लामीखाल तल्लो ढाडावन बस्ने ५० वर्षीय जङ्गे भुलले चलाएको गोली लागेर सोही ठाउँका पुने लुहारका १९ बर्षीय छोरा तपेश लुहारको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीका अनुसार तपेशको टाउकोमा गोली लागेको थियो। स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै गगने भाट र पुने भाटको खेतको किनारमा जङ्गे भुलले एक नाले भरुवा बन्दुक चलाउँदा गोली लागेको उहाले बताउनु भयो। घटना भए लगत्तै इलाका प्रहरी कार्यालय आदर्शका प्रमूख प्रहरी नायव निरिक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोली चलाउने व्यक्ति र बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली आइतबार बिहानै घटनास्थलतर्फ गएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याउन लागिएको छ।