बंगालीपुर–ठाकुरद्धारा जोड्ने झोलुङ्गे पुलको उद्धघाटन, विद्यार्थी लाई राहत
प्रिन्स बि.क | २०७६ भाद्र १२ गते १५:५२ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर ९, बंगालीपुर र बर्दगोरीया गाउँपालिका वडा नंम्बर ५, ठाकुरद्धारा जोड्ने झोलुङ्गे पुलको बुधबार संघिय सांसद झपट बहादुर रावलले उद्धघाटन गरेका छन् । झोलुङ्गे पुलको उद्धघाटन भएसंगै सबैभन्दा बढि राहत लम्कीचुहा नगरपालिका वडा नंम्बर ९, बंगालीपुरका विद्यार्थीहरु लाई भएको छ । पुल बन्नुभन्दा पहिला बंगालीपुरका स्नातक पढ्ने विद्यार्थी १२ किलोमिटर टाढा रहेको लम्की बहुमुखी क्याम्पस जानु पथ्र्यो भने की नजिकैको बर्दगोरीया गाउँपालिका वडा नंम्बर ६ मा रहेको रघुनाथ आर्दश बहुमुखी क्याम्पस जानु पर्ने हुन्थ्यो तर, नजिकैको रघुनाथ क्याम्पसको पढाई त्यति सजिलो थिएन । ज्यानको जोखिम मोल्दै खोला तरेर पढन् जानुपर्ने बाध्यता रहेको विद्यार्थीहरुका लागि भने बंगालीपुरको झोलुङ्गे पुलले धेरै राहत दिएको छ । रघुनाथ आर्दश बहुमुखी क्याम्पसमा बि.ए दोस्रो बर्षमा अध्यनरत बंगालीपुरका विद्यार्थी राम कृष्ण डगौरा भन्छन् –“ क्याम्पस जान भनेर निस्कीयो भने कति खेर घर आउने थाहा हुदैन थियो । खोला आयो भने पारी नै बस्नुपथ्र्यो कि लामो बाटो भएर आउनु पथ्र्यो । खोला आएको दिनमा त क्याम्पस नै जान सकिदैन थियो भने कतिपय अवस्थामा क्याम्पस जानको लागि ज्यानको जोखिम मोलेर क्याम्पस जानुपर्ने अवस्था थियो । आज यहाँका जनप्रतिनिधीको सहयोगमा झोलुङ्गे पुल निमार्ण भएको अब नियमीत क्याम्पस जानुमा केही समस्या रहेन ।
त्यसैगरी झोलुङ्गे पुलको उद्धाटन कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले निर्वाचनताका गरेका प्रतिबद्धता प्रति आफु कटिबद्ध रहेको बताउदै झुटको राजनिति नगर्ने बताए । नगर प्रमुख बजगाईले जनप्रतिनिधी आउनुभन्दा पुर्व पनि विकासका लागि भनेर बजेट आउने गरेको तर त्यसको सदुपयोग कमै भएकाले त्यसको खोजिनिती जनता गनुपर्ने बताए । फरक प्रसंगमा बोल्दै नगर प्रमुख बजगाईले संघिय सरकारले भुमी सुधार सम्बन्धिको ऐन बनाई सकेकोले लम्कीचुहा नगरपालिकाका सुकुम्बासीका समस्याको पनि सम्बोधन हुने बताए ।
त्यसतै कैलाली क्षेत्र नं २ (ख) का सुदूरपश्चिम प्रदेश सासंद नन्द बहादुर साउँद राजेन्द्रले अहिले देशमा तिनैवटा सरकारले सक्रियताका साथ आफ्नो भुमिका निभाई रहेको गाउँ–गाउँमा विकास निमार्णका कामले तिव्रता पाउने बताए ।
झोलुङ्गे पुल उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा कैलाली क्षेत्र नं २ का संघिय सांसद झपट बहादुर रावलले स्थानीयको करको पैसाबाट झोलुङ्गे पुल निमार्ण भएकोले यसको संरक्षण तथा सम्र्बद्धनको जिम्मा समेत यस क्षेत्रका स्थानीयको हुने बताए । सासंद रावलले निर्माण भएको झोलुङ्गे पुलको उच्चतम लाभ लिन पनि सबै लाई आग्रह गरे । कार्यक्रमका सभापति तथा झोलुङ्गे पुल निमार्ण उपभोक्ता समितका अध्यक्ष चुडामणी घिमिरेले दुई पालिकाको कनेक्टीभिटीमा सहायता पुग्ने कुरा बताए ।
२०७४ साल चैत्र २९ गते बाट शुरु भएको लम्कीचुहा नगरपालिका वडा नंम्बर ९, बंगालीपुर र बर्दगोरीया वडा नंम्बर ५, ठाकुरद्धारा जोड्ने १ सय तिन मिटर लम्बाई रहेको पुल यहि असार १२ गते सम्पन्न भएको थियो । पुलको कुल लागत ८५ लाख ७८ हजार रहेको छ भने दुई पालिकाका करीब चार सय घरधुरी लाई प्रत्यक्ष लाभ हुने भएको छ ।